2024-03-29

Close

 

काठमाडौं । नेकपा र कांग्रेस दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंको जोरपार्टीमा आयोजित कार्यक्रममा आङछिरिङ शेर्पाको नेतृत्वमा १३ जना युवाहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

यसैगरी शनिबार नै रामेछाप जिल्ला समन्वय समितिको कार्यक्रममा पनि नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् । दुवै कार्यक्रममा पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

समाजवादी पार्टीका युवा नेता धनबहादुर तामाङले नेता श्रेष्ठले अबिर र खादा लगाएर नेकपाका कार्यकर्ताहरुलाई स्वागत गरेको बताए । सो अवसरमा नेता श्रेष्ठले प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

समाजवादी पार्टी सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले
नेपाली समाज परिवर्तनको सिद्धान्तको रूपमा समाजवादी पार्टीले सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै यो नेपालका श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको मुक्तिको सिद्धान्त भएको बताए ।

उनले आफ्नो पार्टीले सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई चार आधारभूत नीतिको रूपमा लिएको बताउँदै पहिचानसहितको सङ्घीयता र समतामूलक समृद्धिलाई केन्द्रविन्दूमा राखेर काम गर्ने बताए ।

जेठ १५ मा लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्नाका लागि गरेको विज्ञापनमा आदिवासी जनजाति, मधेसी, थारु, शिल्पी र पिछडीएको क्षेत्रका जनताको समानुपातिक समावेशीको कोटा घटाएकोतर्फ लक्ष्यित गर्दै त्यो संविधानको धारा ४२।१ र प्रचलित कानुन विपरीत भएकाले खारेज गर्नुपर्ने बताए ।

रामेछापकाे पार्टी प्रवेश कार्यक्रमपा


उनले स्थानीय तहमा कर्मचारी भर्नाका लागि नेपालको संविधानले प्रदेश लोक सेवा आयोगलाई जिम्मेवारी दिएको बताउँदै प्रदेशभित्रका सबै स्थानीय तहका लागि प्रदेश कानुन बमोजम एकमुष्ट विज्ञापन गरी भर्ना गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न राज्यज्यजवस्था तथा सुशासन समितिले निर्देशन दिएको निर्देशन सही भएको समेत बताए ।

कार्यक्रममा गंगानारायण श्रेष्ठ, शिवजी यादव, दिलवहादुर नेपाली, आङ्काजी शेर्पा, लिला सिटौला, लाक्पा शेर्पा, रमेश खड्का, गंगा थापा मगर, दानवहादुर नेपाली लागायतका नेताहरूले बोलेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds