नेकपा र कांग्रेसका दर्जनौं कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

वीरगन्ज, ५ भाद्र । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ वडा समितिका अध्यक्ष प्रेम बहादुर अर्याल लगायत बेलवा, मिलन चौकका दर्जनौ व्यक्तिहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

 

बिज्ञापन

समाजवादी पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवम सांसद प्रदीप यादवले प्रवेश गर्ने सबै व्यक्तिहरुलाई फुलमाला तथा अबिर लगाएर पार्टीमा प्रवेश गराए । नेपाली कांग्रेसका कमरुदिन अंसारी, नाजिर मिया, सफिक चुडिहार, शेख सदाम, शेख नसिम त्यसैगरि नेकपा पर्सौनी गाउँ कमिटिका रसुल आजम फैयाज अन्सारी, रहमत अन्सारी, फिरोज अंसारी, सहदेवा माझी ब्रहम्देवा माझी लगायत तिन दर्जन कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

 

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि सांसद प्रदीप यादवले अबको वैकल्पिक राजनैतिक शक्ति समाजवादी पार्टी नै हुने दाबी गरे । सांसद यादवले मुलुकमा मधेश आन्दोलनको मुख्य उपलब्धिको रुपमा रहेको संघीयतालाई समाप्त पार्ने खेलमा कम्युनिष्ट सरकार लागेको आरोप समेत लगाए । नेता यादवले देशको संविधानमा आरक्षण लागु भएपनि सरकारको बदनियत पुर्ण रवैयाले मधशी, जनजाती लगायत पिछिडावर्गको आरक्षणलाई समाप्त पार्ने गरी संविधानको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेकोमा विरोध जनाए ।

 

उनले चौतर्फी रुपमा ओलीको विरोध भई रहँदा पनि विकासको सट्टा नेकपाका मन्त्रीहरु कमिशनको खेलमा लिन रहेको आरोप समेत लगाए । सांसद यादवले बाढीका कारण डुवानमा पर्ने बेलवा, लालपर्सा, प्रसोतिपुर , ईस्लामपुर लगायतका गाँउ क्षेत्रलाई जोगाउन भेडहा खोलाबाट गिट्टीबालुवा निकासीमा रोक लागाउनु पर्ने आवश्यकता रहेको पनि बताए । पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष रामनरेश यादव, पुर्व बरिष्ठ उपाध्यक्ष सुन्दर कुर्मी लगायतका नेताहरुले पार्टीमा प्रवेश गर्नु कार्यकर्ताहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोतर प्रगतिको कामना पनि गरे ।

 

समाजवादी पार्टीका वडा इकाइ समितीका अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा नगर अध्यक्ष ईश्वर यादव, तबरेज अहमद लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।