2024-04-19

Close


एनसेल लाभ प्रकरणमा सर्वोच्च अदालतको फैसलाले मुलुकलाई २३ अर्ब ५७ करोडभन्दा बढी घाटा भएको भन्दै मन्त्रीको नेतृत्वमा सडक प्रदर्शन हुने भएको छ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिन लागिएको हो।

सो पार्टीका समाजवादी युवा संघका अध्यक्षसमेत रहेका यादवको नेतृत्वमा असोज १ गते ७७ वटै जिल्लामा प्रदर्शनसहित सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको हो। ‘विदेशी कम्पनीलाई अर्बौं रकम छुट दिँदै जाने हो भने नेपाल आर्थिक रुपमा असफल देशको सूचीमा पर्ने धेरै समय कुनु नपर्ने, एनसेल कर असुलीमा लापरवाही गर्नेमाथि छानबिन गर्न र एनसेलबाट कर तिर्न लगाउनका लागि एक शक्तिशाली न्यायिक आयोग गठन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई सचेत गराउन खोजिएको’ यादवको भनाइ छ।

स्वीडेनको टेलियासोनेरा कम्पनीले १ सय ४४ अर्बमा मलेसियाको आजियाटा कम्पनीलाई ८० प्रतिशत सेयर बिक्रीवापत ६१ अर्ब रुपैयाँ लाभकर तिर्नुपर्ने निर्णय ठूला करदाता कार्यालयले गरिसकेकोमा निर्धारित कर नतिरी टेलियासोनेरा नेपालबाट भागेको सो संगठनको आरोप छ। सो संगठनका अनुसार गत २०७५ माघ २३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले लाभकर तिर्नुपर्ने दायित्व आजियाटा एनसेलकै भएको निर्णय गरेको थियो तर निर्धारित ६१ अर्बभन्दा कम लाभकर तिर्नुपर्ने भन्दै पुनः सर्वोच्च अदालतले गत भदौं ९ गते फैसला गर्दा अर्बौंको राजस्व गुम्न गएको छ।

‘विगतको सरकारले यस प्रकरणमा कर दायित्व नेपालबाट भागिसकेको टेलियासोनेराको रहेको निर्णय सुनाउँदै उन्मुक्ति दिने प्रयास गर्नु, संसदको विकास र अर्थ समितिले पनि उन्मुक्तिलाई सघाउ पुग्ने निर्णय सुनाउन र सर्वोच्च अदालतको निर्णयविरुद्ध संसदमा महाअभियोगको आवाज उठनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको’ पनि सो संगठनले ठहर गरेको छ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds