2020-10-29

Close

जनकपुरधाम, २३ मंसिर । प्रदेश २ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई सम्मान गरेको छ ।

कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामीसहित पदक पाउने १३ जना खेलाडीहरुलाई आईतबार साँझ मुख्यमन्त्री कार्यालयमा बोलाएर सम्मान गरिएको छ । कुस्तीमा पदक ल्याउने खेलाडीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले गम्छा पहिराउँदै अबीर लगाएर सम्मान गरेका हुन् ।

त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले देशको नाम चम्काउन खेलाडीहरुले खेलेको भूमिकाको प्रशंसा गरे । उनले खेलाडीहरु देशको गहना भएको भन्दै संघीय सरकारले खेलाडीहरुको संरक्षणका लागि ध्यान दिनुपर्ने बताए ।

प्रदेश २ सरकार खेलाडीहरुप्रति सकारात्मक रहँदै बिभिन्न किसिमको योजना ल्याएको बताउँदै संघीय सरकारलाई पनि यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर