2024-04-19

Close

धनुषामा १७ वर्षीय किशोरले बनाए हेलिकप्टर

 

धनुषाका एक विद्यार्थीले हेलिकप्टर बनाएका छन् । मिथिला नगरपालिका- ५ बस्ने श्रीनारायण पण्डितका १७ वर्षीय छोरा हरिनारायणले हेलिकप्टर बनाएका हुन् । सामान्य परिवारका पण्डित ढल्केवरमा एक साइकल स्टोर्समा साइकल मर्मत गरी पढाइ खर्च जुटाउँदै आएका छन् । ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हरिनारायणले हेलिकप्टर बनाएपछि अहिले चर्चा बटुलेका छन् ।


उनले साइकल, मोटरसाइकल, ट्याक्टर, बस र कारका इन्जिनका समान प्रयोग गरी दुई महिनाको अथक मेहनतपछि हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरमा पेट्रोलबाट चल्ने इन्जिन जोडिएको छ । घरको आर्थिक अवस्था कमजोर भए पनि छोराले हेलिकप्टर बनाएर उडाउने भनेपछि पैसाको जोहो गरिदिएको हरिनारायणकी आमा निर्मलादेवीले बताइन् ।

हरिनारायणले केही समयअघि साइकलमा पेट्रोल इन्जिन लगाएर मोटरसाइकल बनाउँदै सडकमा कुदाएका थिए । सो मोटरसाइकल गुडाउन स्थानीय प्रशासनले अनुमती नदिएपछि अहिले घरमै थन्काएका छन् । पण्डितले महिनौंदेखिको मेहनतले बनाएको हेलिकप्टर उडाउने तयारी गरेका छन् । हेलिकप्टरलाई औरही स्थानको खुला चौरमा १० देखि २० फिटसम्म उडाउने हरिनारायणको तयारी छ ।

स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालयको अनूमति लिएर मात्रै उडाउन मिल्ने बताएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी उपस्थित नभएपछि हरिनारायण अलमलमा परेका छन् । आफूले बनाएको हेलिकप्टर छिटै उडाउने पण्डितको चाहना छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds