कांग्रेसको जागरण अभियानमा जनता नआउने देखिए पछि उर्दी जारीगरेर बिधालयका बालबालिका प्रयोग !

असोज ७ , काठमान्डौ – नेपाली कांग्रेसले सरकारविरोध सभा भन्दै विद्यालयका बालबालिकालाई प्रयोग गर्दै नारा जुलुस लगाउन यातना दिएको छ ।

 

बिज्ञापन

विद्यालय शान्ति क्षेत्र हो कुनैपनि पार्टीले विद्यालयका बालबालिकालाई नारा जुलुसमा प्रयोग गर्न नमिल्ने कानुनमा छ ।

 

तर कांग्रेसले नारा जुलुसको लागि विद्यालयबाट उर्दी गर्दै बालबालिका प्रयोग गरेको हो ।चितवनमा रहेको प्रेरणा विद्यालयका विद्यार्थीलाई पार्टीको झण्डा बोकाएर सडकमा निकालिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

जसमा सबैले बालबालिका प्रयोग गरेकोमा विरोध गरेका छन् ।चितवनमा भएको सभालाई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो ।

 

सोही क्रममा यी विद्यार्थीलाई कांग्रेसले पार्टीको झण्डा बोकाएर प्रयोग गरेको हो । जागरण अभियान अन्तर्गत मंगलबार नारायणगढ पुलचोकमा विरोधसभा भएको थियो ।

पुलचोकमा सभा हुनुभन्दा पहिले भरतपुर चौबिसकोठीबाट कांग्रेसको विरोध र्‍याली निस्केको थियो। कांग्रेसको हिमाल, पहाड, तराइ, मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण पनि मंगलबारबाट सकिएको छ।

यो दृश्य धनुषा जनकपुर को हो !