2024-04-25

Close

बिरगंज : कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज  बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए । ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ ।‌ वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको मेयर सरावगीले जानकारी दिए । ५७ जना संक्रमित उपचारको क्रममा छन् ।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ । दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds