2024-04-23

Close

विपिन कुमार यादव ,जनकपुरधाम २१कार्तिक : समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषाको कमला नगरपालिकामा सोनासती देवी मन्दिरको शिलान्यास गरेका छन् ।

धनुषा क्षेत्र नम्बर २ का साँसद समेत रहेका सचेतक अरगरियाले कमला नगरपालिका ८ स्थित छोट्का टोल सोनापारामा बिहिवार एक कार्यक्रमबीच सोनासती देवी मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’

आफ्नो क्षेत्रका जनताको समस्यालाई मध्य नजर राख्दै कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद अरगरियाले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद अरगरियाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद अरगरिया आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे ।

शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका कमला नगर अध्यक्ष मनिक लाल मण्डल , केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,निर्वाचित वडा नं.८को वडा अध्यक्ष राजेश्वर मरिक ,युवा नेता विनोद रोहिता,वडा सदस्य राम जीवन यादव ,मनिष गोइत ,महिला सदस्य लिलाबती देवी ,राम प्रताप साह,बिरेन्द्र गोढान,नारद यादव ,शहिदनगर वडा नं.८ पार्टी वडा अध्यक्ष जोगिन्द्र दास ,रामदेव साह,सरोज यादव ,राम अशिश मण्डल ,बिल्टु सल्हैता,लक्ष्मेश्वर यादव ,हरि प्रसाद यादव,उमेश यादव ,प्रहरी चौकी चोराकोयलपुर प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद यादव ,समाजवादी पार्टीको नेताकार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds