2024-03-28

Close

सन्तोष यादव,जनकपुरधाम । प्रदेशिक अस्पताल प्रदेश-२ मा डाक्टरको लापरबाहीले फेरि एक गर्भवती महिलाको ज्यान गएको छ। शहिद नगरनगरपालिका ९ का शम्भु यादवकी श्रीमती २५ वर्षीया प्रमिला यादवको अस्पतालमै बुधबार बिहान ज्यान गएको हो।

आफन्तका अनुसार कात्तिक १ गते अस्पतालमा भर्ना भएकी प्रमिलाको शल्यक्रियामार्फत बच्चा जन्मियो। बच्चाको अवस्था स्वास्थ्य रहेको छ। तर, आमा प्रमिलाको भने बुधबार मृत्यु भयो। शल्यक्रिया गरेकै बेला उनको अवस्था बिग्रेको थियो। तर, चिकित्सकले उनको आफ्न्तलाई अवस्थाबारे जानकारी गराएनन् ।

मृतककी ससुरा शम्भु यादवले डाक्टरले अप्रेशनमै लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताए। उनले भने, ‘बच्चा जन्मेपछि अवस्था ठीक रहेको/नरहेकोबारे हामीलाई जानकारी दिएनन्। सोध्दा पनि अवस्था ठीक नरहेकोले आइसियुमा भर्ना गरिएको भनेको थियो। तर, आज मृत्यु भयो। जानकारी गराउँदा आश्चर्य लाग्यो।’

अंचल अस्पताल अहिले प्रादेशिक अस्पतालमा रुपान्तरण भएको छ। तर, पनि अस्पतालमा सुधार आउन सकेका छैन। यहाँ डाक्टरको लापरबाहीले प्रत्येक महिन २/४ बिरामीले ज्यान गुमाउने गरेका छन्।

तस्वीर खिच्न रोक

मृतक प्रमिलाको शवको तस्वीर र भिडियो खिच्नसमेत अस्पतालका डाक्टरले रोकेको थिए। डाक्टर सावन यादवले इन्चार्जलाई सोधेर मात्र तस्वीर खिच्न मिल्ने बताए। उनले इच्चार्ज संजय यादवलाई फोन गरेर पनि सोधे। तर, इन्चार्जले पनि तस्वीर खिच्न नदिने फोनमा आदेश दिए।

डाक्टर यादवले प्रमिलाको मृत्यु कसरी भयो भन्नेबारे पनि इन्चार्जले नै बताउने भन्दै पन्छिए। उनले भने, ‘उनको मृत्यु भएको बेला मेरो ड्युटी थिइनँ। यसबारे सबै कुरा इन्चार्जलाई नै थाहा होला।’ तर, घण्टौँसम्म इन्चार्जको बाटो पर्खेर बस्दा पनि उनी आइसियु कक्षमा आएनन्।

डाक्टरको बेवास्ता

प्रमिलाको मृत्यु किन भयो भनेर अस्पतालले उनका आफन्तलाई समेत जानकारी गराएका छैन। ससुरा शम्भु यादवले भने, ‘सबै डाक्टरलाई पालैपालो भनिसकेँ। तर, कसैले भनिरहेका छैन। एउटाले भन्छ त्यहाँ जाउँ। त्यहाँ गएपछि फेरि अर्को ठाउँमा पठाउँदा हैरान भएँ।’ डाक्टरले समेत वास्ता नगरेपछि शव दाहसंस्कारका लागि लग्न एम्बुलेन्स बोलाएको उनले पीडा पोखे।साभार: थाहखबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds