लोकसेवा आयोगको प्रदेश २ अध्यक्षमा यादव, कर्मचारी भर्ना चाँडै !

 

जनकपुरधाम भदौ ५ गते । प्रदेश २ सरकारले प्रदेश लोकसेवा आयोग अध्यक्ष नियुक्त गरेका छन् । प्रदेश नं. २ को लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्र प्रसाद यादव नियुक्त भएका हुन् ।

बिज्ञापन

 

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सिफारिस समितिले आज (विहीबार) प्रध्यापकसमेत रहेका यादवलाई अध्यक्षमा सिफारिस गरेको हो । समितिमा प्रदेशका सभामुख सहित प्रमुख प्रतिपक्षी दलका सांसदसमेत छन् ।

 

लसिरहा निवासी यादव सिरहा क्याम्पसका प्रध्यापक हुन् । अंग्रेजी विषयका प्रध्यापक (प्रोफेसर) रहेका यादवलाई अध्यक्षमा चयन गर्ने सिफारिस गरिएको प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।

 

प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिसँगै आयोगले अब आफ्ना काम कारवाही अगाडि बढाउनेछ । आयोगले प्रदेश २ का लागि आउँदो असोजसम्म करिब २ हजारसम्मको दरबन्दीका लागि विज्ञापन गर्ने बुझिएको छ ।