2024-04-28

Close

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा करारमा जागिर लगाइदिने भन्दै आवेदकसँग रुपैयाँ ठगेकी उपमेयर सुनिता कुमारी सिंहले रुपैयाँ फिर्ता गर्ने मौखिक सहमति गरेकी छिन् । अहेब र कार्यालय सहयोगीमा आवेदन दिएका दुईजना आवेदकको आभिवाकसँग उमेयर सिंहले रुपैयाँ लिएकी छिन् ।

अहेबमा आवेदन दिएकी अभिभावकसँग १ लाख ४० हजार र कार्यालय सहयोगीका आवेदकसँग उपमेयर सिंहले ९० हजार अग्रिम घूस लिएपनि जागिरमा नियुक्ति नदिएपछि उनीहरुले आफूले दिएको रुपैयाँ फिर्ता माग्दै आएका थिए । तर उपमेयर सिंहले रुपैयाँ फिर्ता दिनुको सट्टा जागिरनै लगाइदिने भन्दै अश्वासन दिँदै आएकी थिइन् ।

केहिदिन अघि आवेदक र उपमेयरबीच कारार जागिरको नाममा रुपैयाँ लेनदेन भएको विषयमा संञ्चारमाध्यमा समाचार प्रकाशन भएपछि उपमेयर सिंहले रुपैयाँ नै फिर्ता दिने मौखिक सहमति गरेको पीडितले बताए ।

नगरपालिकाले चारजना अहेब र १३ जना कार्यालय सहयोगीका लागि २०७९ भादौ १९ मा विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा शहीदनागर नगरपालिका–४ ननुपट्टीका एकजा अहेब र अर्का एक कार्यालय सहयोगीमा आवेदन दिएकी थिइन् ।

आवेदक दुबैजना नेपाली कांग्रेस समर्थक र उपमेयर सिंह पनि कांग्रेसबाटै निर्वाचित भएको हुँदा आवेदकका अभिभावकले जागिरका लगाइदिन गुहार गरेका थिए । तर उपमेयरले जागिर लगाइदिने वापत अहेबका ढेड लाख र कार्यालय सहयोगीका ९० हजार दिनुपर्ने सर्त राखेकी थिइन् ।

अहिले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको हुनाले नयाँ अधिकृत आएपछि जागिर लगाईदिने आश्वासन दिएपनि उनीहरु रुपैयाँ दिएको एक वर्ष भन्दा बढी भएको कारण ब्याजसहित रुपैयाँ फिर्ता मागेका छन् । उपमेयर सिंहले पनि जेष्ठसम्म ब्याजसहित रुपैयाँ दिने सहमत भएको पीडितले बताए । उनीहरुले ब्याजसहित रुपैयाँ फिर्ता नदिए उपमेयर सिंहले चढ्ने गाडी खोसेर पनि असुलउपर गर्न योजना बनाएका छन् ।

आफ्नो नाम नछाप्ने सर्तमा पीडितमध्ये एकले उपमेयर सिंहलाई ढेड लाख कबोल गरेपनि एक लाख ४० हजार घरमै पुगेर बुझाएको बताए । उनका अनुसार जागिरको गर्न लमी बनेका एकअर्का व्यक्तिले समेत आफ्नी बुहारीलाई कार्यालय सहयोगीमा जागिर लगाउन ९० हजार रुपैयँ उपमेयर सिंहलाई बुझाएका छन् ।

शहीदनगर नगरपालिका प्रमुखमा जसपा नेपाल दिनेशप्रसाद यादव निर्वाचित भएका छन् भने उपप्रमुखमा कांग्रेसका सुनिता कुमारी सिंह निर्वाचित भएकी छिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds