जनकपुरधाम,फाल्गुन २ । जिल्ला सहकारी संघ लि.धनुषामा कुनै प्रकारको संचालक समिती र लेखा समितिको निर्वाचन नभएको कुरा अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधले बताएका छन् ।
संचालक समिति र लेखा समितिको बारेमा जिल्ला सहकारी संघ लि.धनुषा बाट त्यस प्रकारको कुनै सूचना पनि प्रकाशित नभएको र सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशित गरेको देखिएको हुनाले त्यस प्रकारको क्रियाकलाप गर्ने व्यक्तिहरु लाई साइबर कराइम ऐन अनुसार र सहकारी ऐन २०७४ र नियमावली २०७५ तथा प्रदेशको ऐन निर्देशिका अनुसार कडा भन्दा कडा कारबाहीको मांग समेत गरेको छ ।
फर्जी व्यक्तिहरु कुनै सहकारी संघ संस्थामा आवद्ध भए सो संस्थाको सदस्यबाट समेत प्रतिबन्ध लगाएको अध्यक्ष यादवले बताएका छन । पुराना पदाधिकारीहरु नै यथावत संचालक समिति र लेखा समितिमा कायम छन, उपाध्यक्ष रोहिताले भने । आफुहरु बैधानिक रहेको दाबी गर्दै पत्र सार्वजनिक गरेको छ ।