2024-04-26

Close

विपिन कुमार यादव , जनकपुरधाम, २३ कार्तिक ।धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ ।

अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो समयदेखि अस्पताल विवादमा परेको छ । अस्पताल संचालनमा नआएपछि स्थानीय र जग्गादाता दुःखी बनेका छन् ।

विगत केहि दिनदेखि स्थानीयले अस्पताल संचालनका लागि धर्ना समेत बसे । शनिवार धर्नामा बसेकाहरुले राखेको सर्वपक्षीय भेलामा सो क्षेत्रबाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाले संघीय सरकारले प्राथमिक स्वास्थ्य केन्द्र संचालन गर्ने निर्णय गरेपछि आफूले रोकेको बताए । उनले अस्पताल उद्घाटनका लागि नेकपा नेता गिरिराजमणी पोखरेल आउन लागेपछि कालोमोसो दल्ने चेतावनी दिएपछि उनी ब्याक भएको बताए ।

साँसद अरगरियाले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री र आफू विदेशमा रहेका बेला ओली नेतृत्वको सरकारले षड्यन्त्र पूर्वक निर्णय गरेको आरोप समेत लगाए । उनले भने, ‘अहिले १५ शैयाको प्राथमिक स्वास्थय केन्द्र संचालन गर्ने भनिएको छ । तर त्यसो हुन दिदैनौं । ५० शैयाको अस्पताल संचालनका लागि प्रदेश सरकारमा निवेदन दिएका छौं । केहि कारणले ५० शैया बन्न नसके २५ शैयाको अस्पताल संचालन गराएरै छाड्छौं ।’

प्रदेश सरकारमा निवेदन दर्ता गराएको र नगरपालिकाबाट सिफारिस लिनुपर्ने भन्दै सबै प्रक्रिया पुर्याएर निर्णय गराउने पनि अरगरियाले बताए । उनले अस्पतालको कागजात देखाउँदै भने, ‘अस्पताल संचालनमा को दोषी भन्ने कुरा छाडेर सबै एकजुट भएर अगाडी बढ्नुपर्छ ।’

उनले भवन बनेर पनि लामो समयसम्म संचालनमा नआउँदा आफू समेत दुःखी बनेको बताए । उनले आवश्यक पहल गरिरहेको र नभए प्रदेश सरकार घेराउ गर्नुपरे आफु नै अगाडी बढ्ने विश्वास समेत दिलाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds