2024-04-20

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको उपमेयरको अगाडी कार्यालयभित्रै कुटाकुट भएको घटना बाहिरिएको छ ।

सोमबार शहिदनगर नगरपालिकाकी उपमेयर सुनिता सिँहकै अगाडी बसेको न्यायिक समितिको बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको हो ।

शहिदनगर नगरपालिका वडा नम्बर ७ धबौली बस्ने स्थानीय राम प्रगास मण्डल र सोही स्थान बस्ने अच्छुत्तम उपाध्यायबीचको जग्गा विवादको छलफलको विषमा बसेको बैठकको क्रममा कुटाकुट भएको हो ।

विगत ८ बर्षदेखि स्थानीय अच्छुत्तम उपाध्यायको खेतमा बटैया (साँझेदारी) गरी खेती गर्दै आएका स्थानीय रामप्रगास मण्डलले आधा उब्जनी दिनुपर्नेमा नदिएपछि न्यायिक समितिमा गएको थियो ।

न्यायिक समितिकी सँयोजक समेत रहेकी उपमेयर सुनिता सिँहको सँयोजकत्वमा बसेको छलफलको क्रममा रामप्रगास मण्डलले बल प्रयोग गरेको बताइएको छ ।

सो छलफलको क्रममा उपाध्यायको तर्फबाट सहभागी भएका हबिब भन्ने व्यक्तिलाई रिसमा आएका रामप्रगास मण्डलले कुटिपिट गरेपछि विवाद भएको थियो ।

मण्डलले हबिबलाई कुटपिट गरी उनको भतिजोले समेत घिसार्दै उनीमाथि कुटिपिट थालेको थियो । सोही क्रममा न्यायिक समिति सदस्य प्रदीप यादव र राकेश यादवले झगडा छुटाउन खोज्दा उनीहरुमाथि पनि हातपात गरिएको बताइएको छ ।
न्यायिक समिति सदस्य राकेश यादवले राम प्रगास मण्डल र उनका भतिजोले आफू र प्रदीप यादवमाथि धक्कामुक्की गरेको आरोप लगाए ।

जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय यदुकूहाबाट नगरपालिका पुगेको प्रहरीको टोलीले रामप्रगास मण्डललाई नियन्त्रणमा लिएको थियो ।

यद्यपी, कुनै पक्षबाट उनको विरुद्धमा कुनै उजुरी नपरेको भन्दै उनलाई रिहा गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक हरिविष्णु ढकालले जानकारी दिए ।

मण्डलमाथि प्रदीप यादव, राकेश यादव वा हबिबले पनि कुनै उजुरी नदिएको कारण उनलाई छाडिएको बताइएको छ । यता, राकेशले उनीमाथि उजुरी दिने तयारी गरिएको बताए ।

यता, रामप्रगास मण्डल नेपाली काँग्रेस पार्टीका समर्थक रहेकोले उनलाई उन्मुक्ति दिएको बताइएको छ । उपमेयर समेत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि हुन् ।

उपमेयर सिँहले छलफलको क्रममा समान्य झै झगडा भएको स्वीकार गरिन् । उनले यस्ता कुरालाई नफैलाइदिन आग्रह समेत गरिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds