2024-04-19

Close

जनकपुरधाम ७ मंसिर ।जनकपुरमा सार्वजानिक, मठमन्दिर तथा गुठिको अर्बौंको जग्गा भूमाफियाहरुले अतिक्रमण गरिसकेका चर्चा उत्कर्षमा पुगेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको योजनामा रामजानकी गुठिको अर्बौंको जग्गा हत्याउन लागेको खुलासा भएको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नंं.२ भानु चौक स्थित मदर टेरेसा स्कुल नजिक रहेको ४ कठा जग्गा वडा अध्यक्षहरुको योजनामा भूमाफियाहरुले व्यक्तिगत गर्नका लागि पर्खाल लगाउन खोज्दा स्थानिय यूवाहरुले सार्वजनिक जग्गा अतिक्रमणको काम रोक्का गराएपछि अध्यक्षहरुको योजनाबारे खुलासा भएको हो ।

अर्बौंको जग्गा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ का अध्यक्ष शत्रुधन साह, वडा नं.२ का अध्यक्ष शिव कुमार साह, वडा नं.३ का अध्यक्ष दिपेन्द्र साह, वडा नं.११ का अध्यक्ष रामचन्द्र पजियाँर सहित पाँच वडा अध्यक्षको निर्देशनमा आफुले यस जग्गाको पर्खाल निर्माण गर्न लागेको बब्लु पाठकले जानकारी दिए । गुठिको जग्गा वडा अध्यक्ष सहित ब्यक्तिगत भोगचलन गर्नका लागि निर्माण अगाडि बढाएपछि स्थानिय युवाहरुले प्रहरीको रोहवरमा रोक्का गराएका यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।
जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र पजियारका छोरा पप्पु साहको नाउमा २०७३ साल बैशाख १६ गतेका दिन फर्जि बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ ।
जनकपुरको अति ब्यस्त भानु चौकमा पर्ने जनपा वडा नं.१सिट नं.१३५६—१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि अतिक्रमण गर्न लागेका यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाको ठहर छ ।
गुठिको जग्गाका पाँचै वडा अध्यक्षहरुको निर्देशनमा आफुले पर्खाल निर्माण गर्न लागेको काम गराउन आएका बब्लु पाठकले जानकारी दिए । स्थानीय युवा, बुद्धिजिवी तथा राजनीतिकर्मीहरुले उक्त काममा गर्न नदिएपछि रेल्वे चौकीका प्रहरी ईन्चार्ज लेखनाथ खनालले जग्गामा निर्माण कार्य नगर्न भनेपछि काम रोकिएको छ ।
आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी र नापीबाट यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् ।
वडा अध्यक्षको उपस्थितिमा चारकिल्ला भिडाएको दाबी गरिरहँदा वडा अध्यक्ष शत्रुधन साहले भने आफू उक्त जग्गाबारे केही नबोल्ने प्रष्ट्याएको छ । ब्यक्तिको नाउँमा जग्गा हत्याउन लाग्दा नाम आएका अध्यक्षहरु स्तब्ध छ । उनीहरुले केहि बोल्न मानेन् ।


गुठिको जग्गा अतिक्रमण गर्न लागेको जानकरी पाएपछि यूथ एक्शन फोर्स जनकपुरका पदाधिकारी सहित स्थनिय राविन्द्र अरगडिया, चनरदिप यादव, जनारदन भण्डारी, पुजन मौवार, किसन साह, मनिष मण्डल, अजित मण्डल, गोविन्द यादव, अमित साह, दिपक साह, महनोज साह, शंकार प्रसाद साह, गोविन्द साह, महेश यादव सहितका दर्जनौं युवाहरुले काम गर्न रोक लगाएका छन् । यता, रेल्वे स्टेशन एरिया प्रहरी चौकीले आवश्यक कागजात ल्याएर मात्र काम अगाडि बढाउन उनीहरुलाई निर्देशन दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds