2024-04-27

Close

जनकपुरधाम,१९ विमत । बाराको प्रसिद्ध गढीमाई मेलाबाट यात्रु बोकेर फर्कदै गरेको ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको बलवा सरपल्लो बस्ने ३५ वर्षीया संगीता देवी बडहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार गढीमाई मेलाबाट फर्किदै गरेको ज १ त ५८८६ नम्बरको ट्याक्टर धनुषाको मिथिला नगरपालिका २ नक्टाझिझको विश्वकर्मा चोक नजिक आज विहान साढे ६ बजे मोर्निंगवाकमा रहेकी संगीतादेवीलाई ठक्कर दिएको हो ।

घटनापश्चात चालकले यात्रुलाई ट्याक्टरमै छोडेर फरार भएका छन् । मृत्यु भएकी महिलाको शवर्लाइ पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको र फरार चालकको खोजी कार्यजारी रहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

यसअघि मंगलबार राति पनि बाराको गढीमाईबाट यात्रु बोकेर फर्किदै गरेको पिकअप पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिकाको लक्ष्मिनिया जंजलमा दुर्घटना हुँदा २ महिलाको घटनास्थलमै ज्यान जानुको साथै १४ जना घाइते भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds