

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिपराज पाठकले सेवाग्राहीले सिधै म कहाँ आउन आग्रह गरेका छन् । पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक पाठकले बिचौलियालाई प्रवेश निषेध गरेका छन् ।
उनले भने, ‘बिचौलियले आ–आफ्नो फाइदा अनुसार सिफारिस गरेका हुन्छन्, त्यसकारण उनीहरुको प्रवेशमा कडाइ गरिएको छ । यही कडाइबाट बिचौलियालाई प्रवेशमा रोक लगाइएको छ ।’ उनका अनुसार त्यसका लागि अहिले जिल्लामा प्रवेश गर्दा सबै डिटेल लेखेर मात्र प्रवेशको अनुमति दिइएको छ ।
उनी भन्छन्, ‘यसबाट एउटै व्यक्ति कति पटक आयो, कस्ता खाले मुद्दामा आयो?? को–कसको सिफारिसमा आयो?? त्यो सबै विवरण लेखिएको हुन्छ, जसबाट छुटयाउन सजिलो हुन्छ । यहाँबाट धेरै पटक आउनेहरुको पहिचान भइसकेपछि त्यही बमोजिम कारबाही हुन्छ ।’ सर्वसाधारणको समस्याको सुनुवाइ भने अर्को दोस्रो व्यक्ति नआउँदा पनि उसको सुनुवाइ हुने एसपी पाठकको भनाई छ ।




एसपी पाठकले त्यसका लागि गुनासो सुन्ने एउटा अधिकार नै राख्ने उनले बताए ।
उनी भन्छन्, ‘बिना चप्पलको कोही आउनु भयो भने पहिला उहाँको गुनासो सुनिन्छ, तर कोही सिफारिस गराएर आउनु भयो वा कसैलाई लिएर आउनु भयो त्यसमा त्यही अनुसारको सुनुवाइ हुन्छ । त्यसकारण बिना बिचौलिया सेवा लिन आउन सबैमा आग्रह छ ।’ शान्ति सुरक्षाको पाटोमा कुनै कसर बाँकी नराख्ने एसपी पाठकको दाबी छ । ऐन, कानुन भन्दा एक इन्च पनि तल झरेर काम नगर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।

उनीले बिचौलिया र दलालले शक्ति दुरुपयोग गरेर न्याय पाउनु पर्नेले नपाएका कारणले प्रहरीको काममा जनताको विश्ववास घटदै गईरहेको भने नयाँ कमाण्डर र अधिकृतहरुले बुझ्न जरुरी रहेको बताए ।पर्साबासीको शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता रहेको उनीले बताए ।