2024-03-29

Close

जनकपुरधाम, पुष ११ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउनु भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं. २को जिल्ला स्तरीय समन्वय समिति भेलाको समुदघान गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो ।
उहाँले विकास निर्माणको जिम्मा प्रदेश सरकारल्े लिने भए पनि प्रचार प्रसार लगायतको क्षेत्रमा सक्रिय भूमिका समन्वय समितिका पदाधिकारीहरुलाई लिन आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ प्रदेशमा जानकी मन्दिर सहित हिन्दु , इस्लाम, बौद्ध, ज्रैन र शिख धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु छन , त्यसको प्रचार प्रसार हामीले गर्नु पर्दछ । त्यती मात्र गर्न सकिए पर्यटनको क्षेत्रमा हामी ठूलो फडको मार्छौ ।’
विगतमा सरकारको उदासिनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ जानकी मन्दिर बाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम शुरु गरि सकेको छ । यसै वर्ष सप्तरीको सखडा मन्दिर , सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडा सहितको स्थानमा गुरुयोजना सहित काम शुरु हुन्छ ।’
उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री एवं पर्यटन वर्ष २०२०का प्रदेश अध्यक्ष राम नरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, जनकपुरका पूर्व मेयर बजरंग साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल भ्रमण वर्ष २०२०का प्रदेश संयोजक मनिष झा सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा आठै जिल्लाका समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds