2024-03-28

Close

जनकपुरधाम, १७ पुस । नेपाल भ्रमण वर्ष सुरु भएको बेला भारत सरकारका संस्कृति तथा पर्यटनमन्त्री प्रहलाद सिंह पटेल बिहीबार जनकपुरधाम आएर जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

मन्त्री पेटल कडा सुरक्षाबीच जानकी मन्दिरमा पूजापाठ गरेका हुन् । उनले मन्दिरमा प्रसादसमेत ग्रहण गरेका थिए। मन्दिरको परिक्रमा गर्नुका साथै अखण्ड कीर्तन भइरहेको ठाउँमा पुगेर बाजासमेत बजाएका थिए ।

जानकी मन्दिर प्रवेश गरेलगत्तै मन्त्री पटेललाई भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा पण्डितहरूले मन्त्रोच्चारण गरेका थिए । मन्त्री पटेललाई प्रदेश(२ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादव, जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोषण दास र सर्वसाधारणले फूलमालाले स्वागत गरे ।

पूजापाठ सकेपछि मन्त्री पेटललाई महन्थ दासले मिथिलाको पाग, फूलमाला र दोसल्ला ओढाएर स्वागत गरे। उनले प्रसादस्वरूप मन्त्री पेटललाई ‘लस्सी’ पनि खुवाए। मन्त्री पटेलको साथमा पत्नी र छोरी पनि थिइन् । उनीहरूलाई पनि महन्थ दासले फूलमाला, चुन्दरी र पाग लगाएर स्वागत गरेका थिए ।

मन्त्री पटेलले माता जानकीको दर्शन गर्ने सौभाग्य प्राप्त भएपछि आनन्द महसुस भएको बताए । उनले सदियौँदेखि भारत र नेपालको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको र यसलाई मजबुत बनाउनुपर्ने बताए ।

उनले प्रधानमन्त्री मोदीले जनकपुरधाम विकासका लागि घोषणा गरेको रकम लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेपछि भारत सरकारले रकम पठाउँछ। हामी सहयोग गर्न तयार छौँ ।’

मन्त्री पटेलका लागि जानकी मन्दिरले रातो कार्पेट ओछ्याएको थियो । उनको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी र नेपाली सेनासमेत मन्दिर परिसरमा परिचालन भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds