2024-04-25

Close

महेश सिंह सिरहा लहान २४ पुष – सिरहाको लहानमा सहकारी संस्थाहरुलाई दुई दिने कोपोमिस सम्बन्धि तालिम सम्पन्न भएको छ्। लहान नगरपालिकाको उपप्रमुख सरियार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका मेयर मुनि साहले कार्यक्रमको उदघाटन गरेका थिए।विशिष्ट अतिथिमा लहान नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत खेम नन्द भुसाल रहनु भएको थियो।

लहान नगरपालिका भित्रका ७४ वाटा सहकारी संस्थाहरुको ब्यक्तीहरुले तालीममा सहभागी रहेको थियो। लहान नगरपालिका भित्र रहेका सहकारीहरुको विश्लेशन सहकारी एैन नियमावली सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया र कोपोमिस संचालन गर्न प्राबिधिक तालिमको मुख्य उदेश्य रहेको छ्।

कार्यक्रममा सहकारी एैन नियमावली सम्बन्धि सप्तरी जिल्लाको बचत तथा ऋण सहकारी संघका सप्तरी अध्यक्ष तोया नाथ पोखरेलले प्रशिक्षण दिएका थिए भने लहान नगरपालिका सूचना अधिकृत संजय कुमार साहले कोपोमिस सम्बन्धि सूचना ब्यवस्थापन प्रणाली सम्बन्धि तालीम दिएका थिए।
समापन कार्यक्रम अध्यक्षता लहान नगरपालिका वडा नम्बर २४ का अध्यक्ष कमल देब यादवले गरेका थिए। समापन्न कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनि साहका अनुसार लहान नगरपालिकाले लिएको नितिलाई कसरी सार्थक बनाउने कुरामा जोड दिदै लहानमा सहकारी संचालन गर्न एउटा नयाँ कार्यसमिति गठन गरेर सबै समितिलाई जिम्मेवारी दिएर कार्य गर्न आग्रह गरेका थिए।

बिशिस्ट अतिथि उपमेयर सरियार चौधरीकी अनुसार लहानलाई सहकारी मुखी बनाउने आग्रह गर्दै आउने दिनमा सहकारीहरुले राम्रो गरोस् र लहाननगरपालिकाले अनुगमनको काम पनि अगाडि बढाउने बताए। लहानका सहकारीहरुलाई नमुना काम गर्न उपमेयर चौधरी बताईन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds