2024-04-24

Close

जनकपुरधाम, २० पौष । आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश २ मा विभिन्न दलका उम्मेदवारहरुले मनोयनपत्र दर्ता गराएका छन् ।

प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको रिक्त रहेको ४ सीटका लागि ८ जना उम्मेदवारले बाजागाजाका साथ नारा जुलुस सहित शक्ति प्रदर्शन गर्दै मनोयन पत्र दर्ता गराएका हुन ।
पछिल्लो पटकको सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपाल तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट ४ जनाले उम्मेदवारले मनोयन पत्र दर्ता गराएका हुन । त्यसैगरी कांग्रेस र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त रुपमा ती सिटहरुमा मनोयन दर्ता गराएका हुन ।

नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाको तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंहले मनोयन पत्र दर्ता गराएका छन ।

नेकपा र राजपाको उम्मेदवारहरुको प्रस्तावक र समर्थक संयुक्त रुपमा रहेका थिए । नेकपातर्फबाट तुलसा दाहालको प्रस्तावक शत्रुध्न महतो, समर्थक परमेश्वर साह, राधेश्याम पासवानको प्रस्तावक सत्यनारायण मण्डल, समर्थक रामनरेश राय, मृगेन्द्र सिंह यादको प्रस्तावक नवलकिशोर साह, समर्थक सुन्दरमणि विश्वकर्मा र शेखर सिंहको प्रस्तावक रामचन्द्र मण्डल, समर्थक जितेन्द्र सोनल रहेका थिए ।

त्यसैगरी कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपांगता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् ।

यी मध्ये सबै नयाँ हुन तर समाजवादीका दलिततर्फ रामपृत पासवान यसअघि सदस्य रहिसकेका छन । उनलाई फेरी यसपटक निरन्तरता दिइएको छ ।

कांग्रेस उम्मेदवारहरुको प्रस्ताव समर्थकमा नगिना यादवको शिवचन्द्र चौधरी, विजय शंकर साह , भोला पजियारको रामसरोज यादव, बालेश्वर मण्डल रहेको थियो भने र समाजवादीको उम्मेदवारहरु रामपृत पासवानको प्रस्तावकमा रामआशिष यादव, समर्थक अशोक यादव र अनिरुद्ध सिंहको प्रस्तावक शैलेन्द्र यादव, समर्थकमा चमेलीदेवी दास रहेका थिए ।


उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका तथा कांग्रेस र समाजवादी दुई समूहमा विभाजित भई सयौं कार्यकर्ता सहित नारा जुलुसका नगरपरिक्रमा गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचन कार्यालयले मनोयन पत्र दर्ताका लागि नेकपा र राजपालाई दिउंसो १ बजेदेखि र कांग्रेस तथा समाजवादीलाई २ बजेपछिको समय दिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds