2025-06-07

Close

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनकपुरधाम उपमहानगरपालिका ८ बलवाटोलमा निर्मित मैथिली भवनको उद्घाटन गरेका छन् ।

मैथिली भवन उद्घाटन समारोहमा बोल्दै उनले मधेश प्रदेशको नामकरणमा आपत्ति जनाए । उनले भने, ‘राजा जनक र जानकीको पवित्र भूमि जनकपुरधाम हो । यस प्रदेशको नाम जनक वा जानकी राख्दा हुन्थ्यो ।’

राजा जनक सानो राजा थिएन भन्दै उनले सिंगापुर, मलेसिया, कम्बोडिया जस्ता ठाउँमा समेत राजा जनकको राजधानी मान्ने गरेको बताए । थाइल्याण्डका राजाले त जनककै सन्तान पनि भन्ने गरेको उनले बताए ।

उनले मैथिली भवनको उद्घाटनअघि पत्रकारहरूसँग मधेश प्रदेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका थिए ।

प्रदेश सरकारको लगानीमा मैथिली विकास कोषले उक्त भवन निर्माण गरेको हो । सात करोड ५० लाखको लागतमा ५ कट्ठा क्षेत्रफलमा भव्य भवन निर्माण गरिएको छ ।

यस भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोक चित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायतका आधुनिक रूपमा सुविधा सम्पन्न रहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर