2024-03-28

Close

जनकपुरधाम, २१ पुस । नेपाल प्रहरी, धनुषाका अपराध अनुसन्धान तथा मुद्दा शाखाका ईन्चार्ज प्रहरी ईन्सपेक्टर उमाशंकर प्रसाद साह सिंघम रहेको सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएदेखि ठूल ठूला अपराधमा संलग्न दोषि, लागु औषध नियन्त्रण तथा विभिन्न मुद्दालाई कम समयमै टुंगो लगाएर ख्याति कमाएका ईन्सपेक्टर उमाशंकर नेपाल प्रहरीकै एक उत्कृष्टि प्रहरी अधिकारी रहेको भन्दै सरोकारवालाहरु खुलेरै प्रशंसा गरेका छन् ।

यूथ एक्सन फोर्स, जनकपुरको आयोजनामा भानु चौकमा आयोजित सिंघम ईन्सपेक्टर साहको विदाई समारोहका प्रमुख अतिथि समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सांसद उमाशंकर अरगडियाले ईन्सपेक्टर साहको अनुसन्धान निकै तिखो रहेको बताए ।

महेन्द्रनगर बम काण्डका मुख्य अभियुक्त, ब्यापारी मनोज साहको हत्यारा, जनकपुरकै बिच बजारको पसलमा डकैती हुँदा घटना स्थलबाटै रंगेहात पक्राउ गर्नु, बलात्कारमा संलग्नहरुलाई घटना लग्तै कानूनी दायरामा ल्याउने लगायतका अनुसन्धान टुंग्याउने कार्य गरेर आप्mनो क्षमता देखाईसकेको उनले बताए ।

सिंघम ईन्सपेक्टरको धनुषाबाट एक्कासी सरुवा हुनु निकै गम्भिर रहेको तर्क गर्दै प्रमुख सचेतक अरगडियाले ईन्सपेक्टर साह नेतृत्वको प्रहरी टोलीले जिल्लाको अपराध नियन्त्रण तथा न्यूनिकरणमा महत्वपूर्ण योग्दान दिएको बताए ।

कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठले ईन्सपेक्टर साहको विदाईले जनकपुरका उद्योगि ब्यापारीहरु निकै चिन्तीत बनेको बताए । जिल्लाको सुरक्षा ब्यावस्था चुस्तदुरुस्त बनाउन ईन्सपेक्टर साहको उल्लेख्य योग्दान रहेकाले छिट्टै जिल्लाकै नेतृत्व सम्हालेर जनकपुर आउन आग्रह गरे ।

ईन्सपेक्टर साह धनुषामा आए देखि सर्वसाधरणहरुलाई जिल्ला प्रहरी कार्यालयको कामकाजमा निकै सहज बातावरण बनाएको नेपाली कांग्रेस धनुषाका उपाध्यक्ष नरेश यादवले बताए ।

लागु औषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, अपराधी तथा दोषिलाई ईन्सपेक्टर साहले सिंघम स्टाईलमा कानूनी दायरामा ल्याएर जिल्लाको शान्तिसुरक्षाको प्रत्याभूति गराएको यूथ एक्सन फोर्स, जनकपुरका अध्यक्ष प्रशान्त झाले बताए ।ईन्सपेक्टर साहबाट युवा बर्गले धेरै कुरा सिक्नु पर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष झाले भने ईन्सपेक्टर साहको योग्दानलाई जिल्लाबासीले उच्च सम्मान गरेको छ ।

कार्यक्रममा समाजवादी पार्टीका यूवा नेता रविन्द्र अरगडिया, जनकपुर वडा नं.१ का सदस्य निरंजन यादव, राजपाका संजय चौधरी, उपेन्द्र साह, किसन साह लगायतका भानु चौकका उद्योगि ब्यापारी, बुद्धिजिवी,युवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds