2020-10-26

Close

अप्पन समाचार, २९ पुस । जनकपुर–ढल्केबर सडक खण्डमा मोडेल मल्टिपल कलेजको बसले एक मोटरसाइकललाई ठक्कर दिएपछि दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।

लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ आउदै गरेका ज १ क २८२ नम्बरको कलेजको बसले ज. १० प. ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएपछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ का सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर