2024-03-28

Close

अप्पन समाचार जनकपुरधाम, २ माघ । धनुषामा एक समारोह बीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ, नेपाल धनुषा शाखा गठन भएको छ ।

‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज! नाराका साथ सात सदस्यीय सो समिति गठन गरिएको हो ।

संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास रहेका छन् । त्यस्तै सदस्यमा रामएकवाल महरा र शंकर पासमानलाई सर्वसम्मतिबाट चयन गरिएको छ ।

त्यस्तै सल्लाहकारमा कैलास दास, राजु पासमान र विनोद महरा रहेका छन् । समाचार दैनिकका सम्पादक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद चमेली देवी दासले दलितको संस्कृति संरक्षण र अधिकार सुनिश्चित हुने आश जागेको बताएका छन् ।

साँसद दासले भनिन, ‘पत्रकार कुनै जात र समुदायको हुँदैन । तर दलित पत्रकार संघ गठन पश्चात् दलितको अवस्थाबारेमा बढि लेख्ने र समस्या उजागर गर्ने विश्वास छ ।’

दलित पत्रकार नभएकै कारण अहिलेसम्म दलितको कुरा जुनरुपमा उठ्नुपर्ने थियो उठ्न नसकेको उनले जिकिर गरेकी छन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले पत्रकारका लागि छुट्याइएको बजेट मध्ये ४० प्रतिशत बजेट दलित पत्रकारहरुकै कार्यक्रम मार्फत खर्चिने उदघोष गरेका छन् ।

उनले अब गाउँ गाउँमा दलितहरुको समस्या बुझेर सम्बन्धित निकायसम्म जाने छ विश्वास रहेको बताएका छन् । कार्यक्रममा दलित अभियानी चन्देश्वर सादा, मुन्नी दास, रामअशिष दास, रामशंकर पासमान सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds