2024-04-26

Close

सिराहा,१९ माघ । आजभन्दा ठिक १६ वर्ष अगाडि सिरहामा एक अप्रत्यासित घटना घट्यो । २०६० साल माघ १९ गते हेम नारायण यादवको हत्या भयो । आज पनि तीक्षणहरु भर्खरै भएको अनुभव गर्छन सिरहावासी ।

तत्कालीन एमालेबाट सांसद समेत भएका सिरहा नगरपालिका वडा नं ७ महिसोथा निवासी हेमनारायण यादबको हत्या भएको १६ बर्ष हुँदा पनि दोषी कानूनी दायरामा आउन सकेको छैन ।

कम्युनिस्टको योद्धा मानिने यादब तत्कालीन एमालेको होनहार नेता थिए । यद्यपि उक्त हत्यामा संलग्नलाई कारवाही हुन नस्कनु अहिलेको दुई तिहाईको कम्युनिस्ट सरकारकै असफलताको रुपमा लिन्छन सिरहावासी । र, यादबका परिवार अझै न्यायका लागि प्रतीक्षारत छन ।

पारिवारिक अवस्था

हेमनारायण यादव सिरहा नगरपालिका वडा नं ७ महिसोथामा विसं २०१२ साल जेष्ठ ९ गते महिसोथाका प्रतिष्ठित बुबा पुलकित भिन्दवार यादवको घरमा जन्म भएको थियो ।

यादवको विवाह २०३० सालमा पारोदेवी यादवसँग भई वहाँका दुईछोरा र चार छोरीहरुका बुवा बन्नुभयो । सन्तानहरुमध्ये परिवारका सबभन्दा जेठा डा. नविन कुमार यादव, छोरीहरु, बबिता यादव, ममता यादव, निसा यादव, ऋषु यादव र कान्छा छोरा डा. प्रवीण कुमार यादव रहेका छन् ।

राजनीतिक यात्रा

उनको राजनीतिक यात्रा २०३६ सालको जनमतसंग्रहको घोषणासँगै विद्यार्थी आन्दोलनबाट सुरुवात भयो र २०४० सालमा पञ्चायती व्यवस्थाको जनवर्गिय संगठन नेपाल किसान संघ सिरहाका जिल्ला सभापतिमा निर्वाचित भए। यसपछि राम राजा प्रसाद सिंहको जनवादी मोर्चामा लागेर २०४० सालमा काठमाडौं र सिरहामा भएका बम विष्फोटनका काण्डमा मुछिएर छानबिनका लागि २०४२ सालमा एक महिना १७ दिनसम्म थुनामा परेका थिए । २०४४ सालमा सिरहा गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भए र २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलिय व्यवस्थको पुनरबहाली भएपछि उनी नेपाल सदभावना पार्टीमा लागेर सिरहाको अध्यक्ष सम्म बने।

२०४८ र २०५१ सालको आम निर्वाचनमा नेपाल सदभावना पार्टीबाट टिकट पाएर सिरहा क्षेत्र नं ४ बाट क्रमशः ३ हजार ८ सय ७२ र ८ हजार ८ सय १० मत प्राप्त गर्नुभएको थियो । तत्पश्चात २०५२ साल जेष्ठ ४ गते नेकपा एमालेमा प्रवेशगरी कम्यूनिष्ट राजनीतिको शुरुवात गरे । छोटो अबधिमानै नेकपा एमालेको साधारण सदस्यताबाट संगठित सदस्यता प्राप्त गर्दै जिल्ला कमिटीको सदस्यसम्म बन्न सफल भए। २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदमा उम्मेदवार भई पराजित भए ।

२०५४ साल माघ १२ देखि १८ मा नेपालगंजमा आयोजित छैठो महाधिवेशन सम्पन्न भएपछि २०५४ साल फाल्गुन २१ गतेमा नेकपा एमालेको संसदीय दल विभाजन भएर नेकपा माले निर्माण भएपछि उनी पार्टीको मुलधारमा नै रहे । २०५६ सालको आम निर्वाचनमा नेकपा एमालेले सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधि सभासदस्यका उम्मेदवार बनाइयो । १९ हजार २ सय ३५ मत प्राप्त गरी विजय प्राप्त गरे।

हत्या घटना विवरण
२०६० साल माघ १९ गते सोमवार आफैले बेचेका २ विगहा १५ कठ्ठा जग्गा रजिष्टेशन पास गर्ने क्रममा सिरहा मालपोत कार्यालयबाट आफ्नो काम सिध्याएर १२ बजेपछि आफ्नो छोरी ज्वाइको नाममा दर्ता रहेको स १ प २८३८ को मोटरसाइकल लिएर धनगढीमा नेकपा एमाले सिरहाको जिल्ला कमिटीका सचिव हीरा सुनवारको घरजाँदा महेन्द्र राजमार्गको चोहर्वाबाट पूर्व १० किलोमिटर दुरीको बिचमा गोलबजारको यूनिफाइड कमाण्ड पारगरेर गागन खोलाको १२८.४० मिटरको दुरीमा रहेको दोश्रो पुलमा पुगेपछि पुलको पूर्वीमुखमा उत्तरपट्टि रहेको फराकिलो भागमा उत्तर मुख फर्काएर राखिएको गाडीबाट दुइजनाले मोटरसाइकल रोक्न इसारा दिए र रोक्न खोज्दाखेरी धकेलेर खसाले र गाडीमा चढाए ।

ती दुई जनाले नै मोटरसाइकल लिएर पूर्व निमावी कसहा तिर लागेको एक प्रत्यक्षदर्शी साइकल चालकले बताएका थिए । महेन्द्र राज्य मार्गको २७ नम्बर कल्भर्टबाट गाडी र मोटरसाइकल उत्तरतर्फको कच्ची बाटोमा लगेका र पछि मुसहरनिया चौकदेखि करिब एककिलोमिटर टाढा रहेको ढिस्को सम्म देखेका गिट्टी मजदुरहरुले बताए । भोलिपल्ट माघ २० गते यादवको मृत शरिर कमला नदीको पुलभन्दा पश्चिम धनुषा जिल्लाको लवटोली ५ मा फेला परेको थियो ।

घटना स्थलमा २०/३० साइजको हसिया हथौडा इनामेलद्घारा अंकित बेढंगको झण्डा र मिसाइल अध्यक्ष धनुषा सिन्धुली सम्पर्क समिति भन्ने उल्लेखित पर्चा र तिनवटा गोलीका खोखा बरामद भएको थियो । साथमा २०१÷०५६ नम्बरका प्रतिनिधी सभासदस्यको परिचयपत्र पनि थियो । ११/७५३ नम्बरको २०५२ चैत ३० जारी गरिएको सवारी चालक अनुमतिपत्र तथा ३९०४८९ नम्बरको नागरिकता, नेकपा एमालेको संगठित सदस्यको रसिद, भिजिटीङ्ग कार्ड, टेलिफोन रसिद भेटाएको थियो ।

यादवको शव परीक्षण
तात्कालिन सिरहा अस्पतालका मेसु डा. राजकुमार चौधरीको शव परिक्षण रिपोर्टमा टाउकोमा लागेको गोली दाहिने कनपट्टीमा पसेरे देबरेबाट निस्केको र अर्कोगोली ढाडमा लागेर आरबीबाउण्ड भएकोले मृत्यु भएको हो भनी प्रमाणित गरेका थिए ।

गोली परीक्षण प्रतिवेदन
केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशाला महराजगंजले 9/19MS75c अंकित एक गोलि, 9/19MS85 लेखिएको अर्को गोलि र तेस्रो गोली मध्ये दुईवटा सर्ट मेसिनगनबाट फाइर भएको उल्लेख गरेका थिए ।

यादव हत्याबाट विभिन्न पार्टी र गठित छानविन समितिका प्रतिवेदनहरु

तत्कालै माओवादी नेता डा।बाबुराम भट्टराइले कान्तिपुर पत्रिकामा हत्यामा आफ्नो पाटीको संलग्नता नरहेको दावी गरेका थिए । त्यस्तै हेमनारायण यादव हत्याकाण्ड छानबिन संसदिय समितिका संयोजक सांसद आनन्द ढुङ्गानाको प्रतिवेदनमा राजनीति इच्छा पूर्तिकोलागि हत्या भएको र संयत्रपुर्ण हत्याको जिम्मा तात्कालिन यूनिफाइड कमाण्डको मातहतमा रहेको शाही नेपाली सेनाले लिनुपर्छ । सैनिक अधिकारीको संलग्नतामा हत्या भएको छ भने प्रष्ट लेखेकाछन् ।

नेकपा माओवादी केन्द्रिय समितिले शाही सेनाका जल्लादहरुले गिरफ्तारगरी टाउकोमा गोली हानी हत्या भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले प्रेस वक्तव्यमा भनेका थिए । त्यस्तै एमनेस्टि इन्टरनेशनलले एउटा प्रकाशित सामाचारमा
भनेर उल्लेख गरेका थिए । नेपाल कल्याणकारी समाज न्यूज ले राज्यले पालन गर्नुपर्ने मानविय कानूनी जेनेभा माहासंघीको धारा ३ राज्यपक्षबाट समेत उलंधन भइरहेकोले राज्यपक्षबाट युद्धसम्बन्धी नियमको पालना गरिनुपर्ने लेखेका थिए ।

नेपाल मानवअधिकार संगठनले हत्यामा सिरहाका इन्द्रध्वज गंणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको प्रतिवेदन दिएका थिए । रक्षा मन्त्रालयले प्रहरीटोलीको निष्कर्षलाई नै नेपाली जंगी अड्डाले आधार बनाएको छ भने संसदिय छानविन समितिले दिएको प्रतिवेदनमा बुन्दा १३मा घटनाको मुख्य केन्द्रबिन्दुमा चोहर्वा ब्यारेकलाई राखेको थियो र उक्त हत्यामा इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्कीकै संलग्नता रहेको भनेका थिए ।

नेकपा एकाले पार्टीका तात्कालिन महासचिव माधव कुमार नेपाल सिरहाकै हजारौ हजार सिरहालीको जनसभामा हेरी हरेछु हत्यारा एउटा पातलो पर्दाको पछाडि उभेकाछन् । जबसम्म हत्यारालाई कठघेरामा उभाइदिन तबसम्म चयनको स्वास लिन्न भनेको पनि १५ वर्ष वितिदा गृहमन्त्री, उपप्रधानमन्त्री मात्र होइन पटकौं एमालेबाट नै प्रधानमन्त्रीभई देश र शासन चलाउदा देखि हालको पूर्ण बहुमत दुई तिहाई भन्दा पनि बढी बहुमत भएको नेकपा सरकारले अपराधीलाई कठघरामा ल्याउन सकेको छैन । केवल फुलमाला चढाई चित्त बुझाई रहेकाछन् । सिरहाली जनताहरु ।

शिक्षा

बाल्यकालदेखि नै उनी संर्घषसील जीवनमा पाइला टेक्दै बाल्यकालमा सिरहा नगरपालिकाकै मानपुर गाउँमा निमावि तहसम्म शिक्षा प्राप्त गरेका थिए । त्यसपछि देशकै दोश्रो माध्यमिक स्कुलमा एसएलसी पास गरे र त्यसपछिका उच्च शिक्षा भारतको जयनगरबाट इन्टर पासगरेर पुनः जनकपुरको रा रा ब क्यापसबाट स्नातक बाणिज्य समुहको शिक्षा प्राप्त गरेका थिए ।
समाजिक कृयाकलाप          
हेमनारायण यादव आफ्नो बीस वर्षको राजनीतिक जीवनमा आफ्नो निजी संसदिय कोषबाट आफ्नो क्षेत्रभित्रका गाविस नरहामा मुसहर जातिकालागि सार्वजनिक घर निर्माण गराए । त्यस्तै सिरहा नगरपालिका वडा नं ७ अन्तर्गत धर्मशाला बनाउन अन्तिम चरणसम्म सकृय भूमिका निर्वाह गरेभने धार्मिक कार्यमा राजा सल्हेसको गहबर बनाउन लगाई पक्की मुर्तिको स्थापना गराएका छन् । वडा नं ६ बसपिट्टामा कमलानदी वारपार गर्न काठको डुङ्गाको व्यवस्था, वडा नं ७ मा कच्चा सडक बनाई ग्राभेलको निर्माण, वडा नं ९ को ठेङ्गहीमा जान सानोपुल, कल्भटको निर्माण गराएर दिनरात जनतासँग मिलनसार बनेर चोकमा भेटेको ठाउँनै अहिलेको हेमनारयण चौकको नामले प्रख्यात छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds