2024-04-25

Close

जनकपुरधाम, साउन २३ गते। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)धनुषा जिल्ला कमिटीको शुक्रवार हुने सपथग्रहण रोकिएकोछ ।पार्टीको केन्द्रिय सचिवालय बैठकले सपथग्रहणमा रोक लगाएकोछ ।

शुक्रवारका लागि निर्धारित सपथग्रहण समारोहमा रक्षा मन्त्री इश्वर पोखरेल प्रमुख अतिथि थिए ।तर तत्कालिन नेकपा एमालेका नेताहरुले जिल्ला कमिटी गठन अवैधानिक तरिकाबाट भएको उजुरी गरेपछि सपथग्रहण रोकिएको हो । पूनगर्ठित जिल्ला कमिटीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले १२ जनालाई विधान विपरित सोझै जिल्ला सदस्य बनाएका हुन् ।

विधान अनुसार पार्टीको विभिन्न पदमा रहेर कम्तिमा ७ वर्ष काम गरेकाहरुलाई मात्र जिल्ला कमिटी सदस्य बनाउन सकिन्छ ।तर महासेठले ६महिना पहिले सदस्यता लिएकाहरुलाई समेत सदस्य बनाएका छन् । महासेठले असन्तुष्टहरुलाई हटाएर आफ्ना पक्षधरहरुलाई अवैधानिक तरिकाले राखेपछि विवाद चुलिएकोछ ।महासेठले निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट मापदण्ड नपुगेकाहरुलाई कार्यसमितिमा राखेपछि उनका पुराना सहयोगीहरुले समेत साथ छाडेका छन् ।

तत्कालिन एमाले विभाजित भएर नेकपा माले हुँदा समेत सकृय सहयोग गरेका चन्द्र देव राउत, पछिल्लो दिनमा सहयोगी रहेका रत्नेश्वर गोइत(लाल गोइत),लक्ष्मीनारायण भगत, सुशिल साह, सहदेव मुखिया लगायतका नेताहरुले महासेठलाई छाडेका छन् । मन्त्री महासेठ भ्रष्टाचारको आरोपमा बदनाम भइरहेको बेला जिल्लामा उनका पुराना इमान्दार सहयोगीहरुले साथ छाडेका छन् ।

जिल्ला अध्यक्ष राजकिसोर यादव महासेठ निकट मानिन्छन् । तर तत्कालिन नेकपा एमालेका सत्रुधन महतो, श्रीप्रसाद साह, योगनारायण यादव लगायतका प्रभावशाली युवा नेताहरु महासेठका विरोधी खेमाको सामुहिक नेतृत्व गरिरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds