2024-03-29

Close



जनकपुरधाम, १० मंसिर । सात दिवसीय विवाह पञ्चमी महामहोत्सव आजबाट बिधिबत रुपमा सुरु भएको छ । आज पहिलो दिन जनकपुरधामको जानकी मन्दिरमा भव्य कार्यक्रमका बीच नगरदर्शनसंगै सप्तव्यापि विवाहपञ्चमी महोत्सव सुरु भएको हो । मनमोहक गित संगितका बिच त्रेतायुगको स्मरण गराउँदै राम लक्ष्मणको नगरदर्शन गराईएको थियो । त्रेता युगमा भगवान राम अनुज लक्ष्मण सहित गुरु विश्वामित्रका साथ जनकपुरधाम आएको दिनलाई स्मरण गर्दै नगरदर्शन कार्यक्रम गरिएको छ ।

अन्य वर्षको तुल्ना यो वर्ष भव्यताकासाथ विभिन्न पसलहरु थापेर भगवान रामको जनकपुरवासीहरुले दर्शन गरेजस्तै नगरदर्शन कार्यक्रम गरिएको छ । आज आयोजित नगर दर्शन कार्यक्रममा रामजानकीको प्रतिक स्वरुप दुई बालबालिकालाई साजश्रृंगारसहित जानकी मन्दिरको प्राङ्गनमा जनकपुर दर्शन कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा महिलाहरुले विवाहको गित गाउंदै फूल बर्साएका थिए । नगरदर्शन हेर्नका लागि देशी–विदेशी श्रद्धालुहरुको भीड लागेको थियो भने उक्त अवसरमा प्रदेश २का भौतिक पुर्वधार तथा बिकास मन्त्री जितेन्द्र सोनल, जनकपुर उपमाहानगपालिकाकि उपप्रमुख रिता झाको समेत उपस्थिति रहेको थियो ।

अब भोलि मंगलबार फुलवारी लिला, बुधवार धनुष यज्ञ, बिहिवार तीलकोत्सव, शुक्रवार मटकोर, शनिवार स्वयंंमवर तथा शुभ विवाह आइतवार रामकलेवा गरि विवाह पञ्चमीको कार्यक्रम सम्पन्न हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds