2024-04-20

Close

विपिन कुमार यादव ,
जनकपुरधाम,फाल्गुन १० गते । धनुषाको औरही गाउँपालिका वडा नम्बर ५ हरुसाहा टोलमा सोनाई भुइया थान किर्तन भवन निर्माण हुने भएको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद उमाशंकर अरगरियाले शुक्रवार एक कार्यक्रमबीच भवन निर्माणको शिलान्यास गरेका हुन् । समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका उनले भवनको शिलान्यास गरेपछि स्थानीय खुःशी भएका छन् ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा भवन निर्माण गरिने साँसद अरगरियाले जानकारी दिए । उनले भवन निर्माण समयमै गर्न सम्बन्धित पक्षसँग अनुरोध समेत गरे । उनले जनताको भावना अनुसार विकास निर्माणको काम गरिरहेको बताए ।

भवन शिलान्यास समारोहमा समाजवादी पार्टीका औरही गापा नगर अध्यक्ष कमलदेव मण्डल, मुस्लिम संघका प्रदेश सचिव हबिब मन्सुर, पार्टीका जिल्ला सदस्य रामेश्वर यादब, नेता विनोद रोहिता,प्रमोद कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds