2024-04-19

Close

मेयर विरुद्ध जनकपुरमा मोसा जुलुस !

अब उनको मृत्यू कसरी भयो भनेर पोष्टमार्टमको रिपोर्टपछि नै थाहा हुनेछ ।

जनकपुरधाम भदौ १९ गतेे । मेयरलाई कारवाहीको माग गर्दै जनकपुरमा मोटरसाईकल (मोसा) जुलुस प्रदर्शन गरिएको छ ।

धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल विरुद्ध उनीहरुलाई नारावाजी सहित जुलुस निकालेका हुन । गत साउन २१ गते मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच भएको झडपको क्रममा घाईते भएका अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डलका बुधबार साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यू भएपछि उपमेयर पक्षधरले मेयर मण्डललाई कारवाहीको माग गर्दै नारावाजी गरेका हुन् ।

 

मेयर रामज्ञान मण्डल मूर्दावाद, मेयर मण्डललाई कारवाही गर, हत्यारा मेयरलाई कारवाही गर जस्ता नारा सहित जनकपुरभरि जुलुस प्रदर्शन गरेको हो । करिब ४ सय मोटरसाईकलको सँख्यामा सयौं जनाले जनकपुरमा प्रदर्शन गरेका हुन् । कार्यालयको केन्द्र सार्ने विवादमा भएको झडपको क्रममा ६ जना प्रहरी सहित मेयर उपमेयर पक्षधर गरी घाईते भएको थियो । सो क्रममा तपेश्वर मण्डल गम्भिर घाईते भएर अस्पतालमा उपचाररत थिए ।
झण्डै १ महिनापछि उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्तपालमा मृत्यू भएपछि बुधबार बेलुका समेत उपमेयर पक्षधरले मेयर मण्डललाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको थियो भने केही बेर जनकपुर अञ्चल अस्पताल तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेरमा प्रहरीको सहयोगमा स्थिति नियन्त्रणमा लिएपछि अस्पताल परिसर साम्य भएको थियो । मेयर मण्डल पक्षधरको कुटाईबाट तपेश्वरको मृत्यू भएको दाबी उपमेयर पक्षले गरेका छन् ।

 

यता, हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले भने मृतक तपेश्वरको किडनीको समस्या विगतदेखि नै रहँदै आएकोमा उनको मृत्यू भएको भनेर प्रतिक्रिया दिएका छन् । उनले भने, – “उनलाई त पहिलेदेखि नै किडनीको विरामी थियो, अब उनको मृत्यू कसरी भयो भनेर पोष्टमार्टमको रिपोर्टपछि नै थाहा हुनेछ । झडपको क्रममा उनलाई समान्य चोटपटक लागेको थियो ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds