2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम, फागुन १४ । मुख्यमन्त्री लालबाबु राउतले स्वर्गिय महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस धनुषाले महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने उल्लेख गर्नु भयो ।


स्वर्गिय निधिको लोकतन्त्र प्रतिको आस्था, विचार र सिद्धान्तले उहाँलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आजको राजनीतिमा समेत उहाँ सबैको लागि प्रेरणाको श्रोत रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफनो जिवनमा उतार्न सक्र्यौ भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, समाजिक न्याय स्थापना हुन सक्छ, उत्पिडनमा रहेको समुदायले न्याय पाउन सक्छ ।’

मुख्यमन्त्री राउतले स्वगीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्दै तत्कालिन समयमा मधेशमा भइ रहेको उच्च बसाई सराई सराईलाई कडा विरोध गरेर मधेश प्रतिको भावनालाई प्रकट गर्नु भएको समेत बताउनु भयो । फरक प्रसंगमा मुख्यमन्त्री राउतले संघीयतालाई बलियो बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गर्दै सरकार तत्काल सरकार परिवर्तनको सपना नदेख्न चेतावनी समेत दिनु भयो ।

यसै साता नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले प्रदेश २को सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो , ‘ केही नेताहरु मंच पिच्छै बोली फेर्छन, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको सपना देखि रहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’
जिल्ला सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव, राम कृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds