2024-04-19

Close

विपिन कुमार यादव,जनकपुरधाम : डाक्टरको लापरबाहीले महिलाले ज्यान गुमाएको भन्दै मृतकका आफन्तले शुक्रबार जनकपुरको नवजीवन अस्पतालमा डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गर्ने क्रममा प्रहरीले धरपकड गरेको छ।

त्यस क्रममा समाचार संकलन गर्न गएका थाहाखबरकर्मी सन्तोष यादवसहित पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ। आफू पत्रकार भएको जानकारी दिएर परिचयपत्रसमेत देखाउँदा पनि प्रहरीले लाठी प्रहार गरेको उनले बताए।

‘आज बिहान डाक्टरको लापरबाहीले महिलाको मृत्यु शीर्षकमा समाचार लेख्ने तैं हैनस् भन्दै प्रहरीले ममाथि पटक पटक लौरो प्रहार गर्‍यो,’ यादवले भने, ‘मलाई मात्र हैन, मेरो साथी सिवेन्द्र रोइतालाई पनि प्रहरीले पिट्यो।’ समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत प्रहरीले खोसेको र त्यहाँ रहेको भिडियोसमेत प्रहरीले डिलिट गरिदिएको उनले बताए।

बिहीबार राति जनकपुरको नवजीवन अस्पतालमा ३५ वर्षीया रुकमणी सदाले ज्यान गुमाएकी थिइन्। मृत्युप्रति अस्पताल जिम्मेवार हुनुपर्ने र क्षतिपूर्तिसहित डाक्टरमाथि कारबाही गरिनुपर्ने मागसहित मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए। सोही क्रममा मृतकका आफन्तमाथि पनि प्रहरीले धरपकड गरेको र केहीलाई घाइतेसमेत बनाएको घटनास्थलबाट थाहाखबरकर्मी यादवले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds