फागुन १३ काठमान्डौं/ जनताबाट रिजेक्ट भएका नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन कार्यदल गठन भएकोप्रति समाजावादी पार्टीका सांसद प्रदिप यादवले आपती जनाएका छन् ।
सांसद यादवले भने, ‘‘नेकपाले संविधान संशोधनको कार्यदल बनाएकोे कुरा व्यापक चर्र्चामा आएपछि आफू खुसीले गदगद भए तर समाचारलाई खोटाल्दै जाँदा बिजुलीको करेन्टभन्दा पनि बढि करेन्ट लागेर आफू झसङ्ग भएको बताउँदै उनले मधेशी, थारु, दलित, जनजाती, उत्पीडित र विभेदमा परेको समुदायको लागी नभएर एक जना व्यक्तिको लागी संविधान संशोधन गर्नु संविधानको खिल्ली उडाउनु हो ।’’
आज दिउसो संसदमा बोल्दै उनले ओली र प्रचण्डको चुनावी लहरमा पनि जनताबाट पराजित भएका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्नु जायज नरहेको बताए ।
‘‘मधेश अधिकारको लागी झण्डै ११९ जना मधेशी युवाले बलिदानी दिएर शहादत प्राप्त गर्दा पनि संबिधान संशोधन गर्न तयार नहुने सरकारले जनताबाट पराजित नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु संविधानको मृत्यु पत्रमा हस्ताक्षर हो । उनले भने’’
समाजवादी पार्टीका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले सरकारले संविधानलाई खिल्ली उडाउँदै एक व्यक्तिमा केन्द्रित भएर सांविधान संशोधन गर्नु संविधानवाद, लोकतन्त्र र जनमतमाथिको घात गर्दै आफैले जन्माएको बच्चालाई आफैले घाँटी निमोठे सरह रहेको आक्रोस पोखे ।
उनले संबिधानमा भएको कमीकमजोरीलाई केलाएर त्यसको सूक्षम अध्ययनको लागी तत्कालीन कानून मन्त्री माननीय उपेन्द्र यादव जी ले प्रस्ताव गरेको संविधान संसोधन गर्न विज्ञ समुह तत्काल गठन गर्न मांग पनि गरे । बिरगंज सिटि