2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले कोरोनाबाट एक व्यापारीको मृत्यू भएको र संक्रमितको संख्या थपिदै गएपछि धनुषाको शहिदनगर नगरपालिकालाई पूर्ण रुपमा लकडाउन गर्न माग गरेका छन् ।

सामाजिक सञ्चालमा फेसबुकमा स्टाटस लेखेर उनले शहिदनगर नगरपालिकालाई पूर्ण रुपमा लकडाउन गर्न माग गरेका हुन् । उनले नगरपालिकाको प्रत्येक घरका व्यक्तिलाई पिसिआर परीक्षण गर्न संघीय सरकारसँग माग गरेका छन् ।

‘लकडाउन गर्नुको विकल्प छैन’, नेता रोहिताले भने, ‘कोरोनाले कहरप्रति सजग रहनुको साथै पिसिआर परिक्षण गरी जनतालाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग आग्रह पनि गर्दछु ।’

उनका अनुसार हिजो मात्र धनुषाको शहिदनगरमा पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा उपचार नपाएर दुःखद् निधन भयो । उनले बिरामीलाई जनकपुरको अस्पतालले कोरोनाको त्रासले भर्ना गर्न नमानेकोमा दुःख व्यक्त गरे । उनले भने– प्रशासनले यस विषयमा एक्सल लिनुपर्छ । भर्ना नलिने अस्पताललाई कारबाही गर्नुपर्छ ।

उनले प्रादेशिक अस्पताल र अन्य नीजि अस्पतालमा पनि भेन्टिलेटर र आइसियुको अभाव देखिएकोले आइसियु र भेन्टिलेटरको व्यवस्था मिलाउन संघीय सरकारसँग समेत माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds