2024-04-25

Close

अप्पन समाचार बिरगंज, चैत ३ । समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदीय कोषबाट रु १० लाखको लागतमा छठ घाट निर्माण स्थलको शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै सांसद यादवले मधेशी समुदायको साथसाथै पछिल्लो समय गैरमधेशीहरुले पनि छठ पूजाप्रतिको आस्था र विश्वासप्रति भावुक हुँदै छठपूजा गरेकोले समाजका अन्य धर्मावल्मबीहरुलाई एकताबद्ध राख्न पनि यसको निकै ठुलो महत्व रहेको बताए ।

खास गरि मधेशी समुदायहरुमा परम्परादेखी नै छठपूजााप्रतिको आस्था र विश्वास अटल रहेको बताउँदै उनले विभिन्न समुदायले सामूहिक रुपमा गरिने छठपर्वको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताए ।

समाजमा रहेका विभिन्न विकृति, विसंगतिलाई अन्य गर्न सबै समुदाय एकजुट भई विकास निर्माणको कार्यमा अगाडी बढ्नु पर्ने सांसद सुझाव दिए ।

कार्यक्रममा वडा न .२२ का अध्यक्ष ग्यसुदीन मिया ,समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार , नगर उपाध्य्क्ष सेख रुस्तम ,वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल नगर सदस्य भोज महतो ,जवाहिर महतो ,कृष्ण कुशवाहा ,सर्वन पटेल,रञ्जन पटेल लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds