2025-04-30

Close

शेखर छत्कुली
बीरगंज २४ फागुन
जिल्ला प्रहरी कार्यालय बैतडीले अबैध रुपमा भन्सार छलेर भित्राएको करिव ३० लाख रुपैयाँ बराबरको सामान सहित गाडी नियन्त्रणमा लिएको छ ।
अवैध रूपमा भन्सार छलेर ट्रक र पिकपमा नेपाल भित्रिएका दुईवटा गाडी सहित सामान बैतडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त अबैध तस्करीको सामान सहित दुईवटा गाडी आफनो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीले बताउनु भएको छ ।
महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थलगायतका किराना सामान ग्रामिण सडक हुदै जिल्ला भित्रिदैं छ भन्ने सूचनाका आधारमा हामीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिनुभयो ।
मंगलबार राती जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ७ खोचलेक स्थित दार्चुला रोड हुदै बैतडी सतबाँज तर्फ आउदै गरेको से. १ ज ७१८ नम्बरको बलेरो जिपलाई प्रहरी चेकजाँच गर्न रोक्यो । उक्त चेकजाँचको क्रममा बलेरो जीपभित्र भन्सार छलेर भारतबाट भित्राईएका बिडी र चप्पल लगायतका सामानहरु फेला परेको डीएसपी गिरीले वताउनुभयो ।
भन्सार छलिको सामान सहित जीपका चालक बझाङ बुंगल नगरपलिका वडा नं. ११ पातल बस्ने बर्ष ३४ को बिर बहादुर बोहरा सह चालक बर्ष २४ को पुष्कर बहादुर बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उक्त जीपमा करिब दश लाख सन्तावन्न हजार चार सय रुपैंया बराबरको भन्सार छलेर ल्याइएकोे सामाग्री रहेको डिएसपी गिरीले बताए ।
नियन्त्रणमा लिएको जीप, चालक सहचालक सहित थप अनुसन्धान तथा कारवाहीको लागी महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाईएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय बैतडीले ट्रक सहित भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ ।
आज बुधबार बिहान मेलौली नगरापालिका वडा नं ३ स्थित सडकमा मेलौलीबाट पाटन तर्फ आउदै गरेको से १ ख २०१४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट भित्राईएका प्याज, चिनी, गुड, बिडी, पेय पदार्थ जुसहरु, चप्पल, मिठाई, खानेतेल लगायतका सामानसहित ट्रक चालक गणेश बहादुर मडैलाई नियन्त्रणमा लिएको छ ।
ट्रकमा लोड भएका सामानहरु मुल्य करिब उन्नाईस लाख आठ हजार चार सय चालिस रुपैयाँ बराबर रहेको डीएसपी गिरीले जानकारी दिनुभएको छ । सामान, ट्रक र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर