वीरगन्ज १९पुष
वीरगन्जको विभिन्न ठाऊबाट बिलबिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको सवारीसाधनहरु पक्राउ गरेको छ।
पर्सा प्रहरीले वीरगन्जको घन्टाघर लगाएतको ठाऊहरुबाट बिलविजक भन्दा बढीको मालसामान बोकेको मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सूचनाको आधारमा वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको विभिन्न ठाऊहरबाट बिल विजक भन्दा बढी सामान बोकेको एक भारतीय कन्टेनर सहित तिनवटा मालबाहक कन्टेनर पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारि दिए।
वीरगन्जको प्रतिमा चौकबाट ना.४ ख ८३१८ गण्डक चौकबाट ना.३ ख ४१४१ र घण्टाघरमा भारतिय NL01 G 1886 नम्बरको मालवाहक ट्रकलाई पक्राउ गरि चेकजाँच गर्दा बिलबिजक भन्दा बढि करिब १ करोड ८९लाख ९७हजार २८७ सय रुपैया बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिएको एसपी शाहले बताए।
पक्राउ परेका औषधी तथा खुद्रा सामानहरु सहित मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्वव कार्यालय पथलैया बारा बुझाएको पर्सा प्रहरी प्रमुख शाहले बताउनुभयो।