2024-03-28

Close

जनकपुरधाम, बैशाख ७ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनको लागी नेपाली सेना मध्य पूर्व पृतनाले गरेको तैयारी सम्बन्धी प्रदर्शनीको अवलोकन गर्नु भएको छ ।
मध्य पूर्व पृतनाले महेन्द्रनगर स्थित गणमा गरेको प्रदर्शनीको अवलोन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारी बारे आवश्यक जानकारी प्राप्त भएको र। यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको पहिचान देखी अस्पताल पु¥याउने, र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापन सम्मको तैयारी बारे प्रदर्शनी गरेको थियो ।
उक्त प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षा कर्मीले प्रयोग गर्ने पिपिई देखी शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरु बारे समेत जानकारी गराएका थिए ।

नेपाली सेना मध्यपूर्व पृतनाका पृतनापति शुरेश कुमार कार्कीको अध्यक्षतामा भएको उक्त प्रदर्शनीमा मुख्यमन्त्री राउतका अतिरिक्त नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख पद्युमन कुमार कार्की, सशस्त्र प्रहरीका डिआइजी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिट्ेन्डेन्ट लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds