2025-06-13

Close

एजेन्सी । भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परेका यात्रुहरूमा राज्यका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

दैनिक भास्करका अनुसार आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै गर्दा उनी सवार विमान दुर्घटनामा परेको हो। अहमदाबादबाट लन्डनका लागि उडेको विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ।

रूपाणीका एक निकट सहयोगी नितिन भारद्वाजले भारतीय सञ्चारमाध्यमलाई खबरको पुष्टि गरेका थिए। लन्डनमा बस्दै आएका भारद्वाजले रूपाणी आफ्नी छोरीलाई भेट्न लन्डन आउँदै गरेको र उनको सिट नम्बर १२ रहेको जानकारी दिए।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले २४२ जना यात्रु बोकेर दिउँसो १:३८ बजे उडान भरेको थियो। तर, उडेको दुई मिनेटमै विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भयो।

प्रारम्भिक अनुसन्धानले विमानको इन्जिनमा आएको प्राविधिक गडबडीलाई दुर्घटनाको कारण मानेको छ। दुर्घटनास्थलमा उद्धार कार्य तीव्र गतिमा जारी छ।

उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट अहिलेसम्म ५० जनाको शव निकालिसकेका छन्। आगलागी र विमानको क्षतिका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर