2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम,७ बैशाख । धनुषाको कमला नगरपालिका वार्ड न.७ मा राहत वितरणका लागि सर्वदलीय समिति गठन नगरिकन राहत वितरण गर्ने खोजेको वेला स्थानीय बासीहरु असन्तुष्ट भई नगर प्रमुखलाई ध्यानाकर्षण गराए ।

स्थानीय वासिन्दा र राजनीतिक कर्मीहरुले मिति २०७६/१२/२८ गते नगर प्रमुखलाई ध्यानाकर्षण गराउदै जानकारी गराए पनि वडा अध्यक्ष तपेश्वर यादवले आफ्नो मनमानी तरिकाले विपक्षी दललाई नसोधी आफ्नो तरिकाले राहत बाड्न तरखरमा व्यस्त छन ।

संघीय सरकार र प्रदेश सरकारको निर्देशिका लाई पुर्ण रुपले उलंघन गरि विपक्षी राजनीतिक दलको प्रतिनिधिलाई समाबेश नगराई वडा अध्यक्षले आफ्नो मनोमानी गरि भोट बैंकको राजनीतिक गरि लकडाउनको नियम विपरीत राहत वितरण गर्न खोजेको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. ७ को स्थानीयतहमा राहत वितरणमा चलखेल शुरूवात निमुखा जनताको अवाज नगरपालिका प्रमुख र वडा अध्यक्षले आफ्नो पार्टीको कार्यकर्तालाई मात्र राहत दिन खोजेका छन । अधिकांश आफ्नो कार्यकर्ता भएको लाई मात्रै नाम लेखेर राहत वितरण लिस्टमा नाम लेखेका छन । जसको लागि राहत आएको छ त्यस लाई न दिने बरु एक बिघा ,१५ कठ्ठा जग्गा छ त्यस्तो व्यक्तिहरुको लिस्टमा नाम लेखेर सार्वजनिक गर्न लागेको छ ? के यही हो राहत बाडने तरिका तर प्रदेश सरकारले लकडाउनको समयमा भोकै कुनै जनता नमरौस भने उदेश्यका साथ अति विपन्न घरपरिवारलाई राहत दिनको लागि रकम पठाएको छ।कार्यकर्ता पालनको लागि होईन राजनीति गर्नको लागि दिएको होइन । समयमा यदि राजनीति गर्यो भने राम्रो हुदैन । वडा नं.७ का वडा अध्यक्षका प्रत्याशित उम्मेदवार एवं समाजवादी पार्टीका नेता छठु मण्डलले बताए ।

स्थानीयहरुको भनाइ अनुसार राहत बाडने कर्ममा बिबाद हुन सक्ने त्यसको जिम्मेवारी स्थानीय सरकारलाई लिनु पर्छ । समाजवादी पार्टी र राजपाको प्रतिनिधित्व नगराईकन सर्वदलीय समिति नबनाई राहत वितरण तत्काल बन्द गर्न समाजवादी पार्टी वडा नं.७ का नेता मण्डलको हस्ताक्षर विज्ञप्तिमामार्फत जानकारी भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds