2024-04-25

Close

काठमाडौ १४ बैशाख । नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा दुई बहालवाला सांसदविरुद्ध जनता समाजवादी पार्टी नेपालका तर्फबाट पेस गरिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले उक्त जाहेरी दर्ता इन्कार गरेको हो।

घटनास्थल महोत्तरी भएकाले सम्बन्धित जिल्लामा नै जान प्रहरीको सुझाव छ। वारदात महोत्तरी भए पनि प्रहरीले सूचना लिइ आवश्यक प्रक्रियाका लागि महोत्तरी पठाउन भने सक्छ। तर, उक्त प्रक्रिया पनि प्रहरीले अस्वीकार गरेको हो।

केही अनुसन्धान गर्नुपर्ने र घटना महोत्तरीमा भएकाले दर्ता नभएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बुधबार पूर्व आइजिपी सर्वेन्द्र खनाल तथा नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग(२, परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई नियन्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अपहरण मानिएको छ।

अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर, दबाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्। तर उनीहरुले अपहरण नभएर सल्लाहमा नै काठमाडौँ ल्याएको बताउँदै आएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds