2024-03-29

Close

काठमाडौ २६ वैशाख । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे ।

लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् ।

भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका उनीहरूले ‘पैसा सकियो घर जान पाउनै पर्छ’ लेखिएको प्ले कार्ड बोकेको थिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारी लकडाउन स्वदेशी, विदेशी सबैका हकमा लागू हुने बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसमेत रहेका बिडारी आफ्ना नागरिक फिर्ता लैजानु सम्बन्धित देशकै दायित्व भएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नो देशले लान्छ भने नेपालले रोक्दैन, तर हामी कुनै पनि विदेशीलाई छोड्न जाँदैनौं ।’

चिनियाँ नागरिक घर फर्कन पाउने वा नपाउने कुरामा नेपाल सरकारको कुनै दोष नभएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।

‘साँच्चै घर फर्कन खोजेका हुन् भने आफ्नो दुतावासमार्फत पहल गर्ने हो’ एक परराष्ट्रविद् भन्छन्, ‘मुलुकको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र अगाडि प्रदर्शन गर्नु लकडाउन मात्रै होइन कुटनीतिक मर्यादाको पनि उल्लंघन हो ।’

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

झडपमा परी महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिक तर्फ तीन जना घाइते भएका छन् ।

घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

घटना यस्तो थियो

एक हुल चिनियाँ नागरिक शुक्रबार बिहान चिनियाँ दूतावास पुगे । उनीहरुको माग थियो– ‘हामी आफ्नै मुलुक जान चाहन्छौं, छिटो फर्काऊ।’

त्यहाँबाट उनीहरुलाई प्रहरीले हटाए । त्यही हुल दिउँसो करिब साढे २ बजे सिंहदरबारतिर लाग्यो । सिहंदरबारको मुल गेटअगाडि पुगेर उनीहरुले नारा लगाउन थाले । ‘पैसा छैन,घर जान चाहन्छु’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे ।

भिड नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत आफै खटिएका थिए । चिनियाँ नागरिक जबरजस्ती सिहंदरबारतर्फ अघि बढ्न चाहन्थे भने प्रहरी उनीहरुलाई रोक्न चाहन्थे । निकैबेर ठेलमठेल चलिरह्यो ।

चिनियाँहरु १५ जनाभन्दा बढी थिए । प्रहरी पनि यतिकै संख्यामा थिए । यही क्रममा एक चिनियाँ युवाले प्रहरी नायव निरीक्षक (सइ) को छातीमा समाएर तान्न थाले । यति हुँदा पनि प्रहरीले संयम अपनाए । सइलाई नै हातपात गर्न थालेपछि उनीहरुलाई सम्झाउन प्रहरी निरीक्षक अघि बढे । निषेधित क्षेत्र भएकाले यहाबाट पछाडि हट्न उनले चिनियाँहरुलाई आग्रह गरिरहे ।

उनले सम्झाइरहँदा एक चिनिया महिलाले ती प्रहरी निरीक्षकको दाहिने हात र लुगामा समाएर तान्न थालिन् । उनलाई साथ दिन अरु चिनियाँ पनि थपिए । त्यही बेला अर्को चिनियाँ पुरुषले ‘हामी घर जान चाहन्छौं’ भन्ने चिनियाँ र अंग्रेजीमा लेखेको प्ले कार्ड देखाए । निषेधित क्षेत्रमा प्ले कार्ड देखाएर चिनियाँ उग्र हुन थालेपछि प्रनाउ हरिबहादुर बस्नेतले त्यो प्ले कार्ड खोस्न अघि बढे ।

त्यसपछि चिनियाँहरु प्रहरीमाथि जाइलागे । मुक्का हान्न थाले । प्रहरीलाई उफ्रीउफ्री आक्रमण गर्न थालेपछि प्रहरीले लाठी प्रयोग गरेको थियो ।

एक हुल प्रहरीलाई आक्रमण गर्न थाल्यो भने अर्को हुल सिंहदरबारतर्फ बढ्न थाल्यो। खुट्टा, हात र केहीले त प्रहरीकै लाठी खोसेर लखेटीलखेटी प्रहरीलाई हान्न थाले । प्रहरीको टोली कम भएको फाइदा चिनियाँले उठाए । प्रहरी संयमित हुँदा चिनियाँको प्रहारबाट प्रनाउ बस्नेतको टाउकोमा चोट लागेको छ । झडपमा दुवै पक्षका सामान्य घाइते भएका छन् ।

यो घटना सिंहदरबारको सालिकअगाडि फुटपाथको मोडमा भएको हो । केही छिनको घम्साघम्सीपछि प्रहरीले उनीहरुलाई अघि बढ्न दिएनन् । त्यसपछि चिनियाँ फुटपाथमै बसे । केही प्ले कार्ड देखाउँदै प्रहरीसँग बाझ्न थाले । प्रहरीले उनीहरुलाई भद्रकालीतिर धकेल्न खोज्दा उल्टै प्रहरीलाई ठेलिरहेका थिए । यसरी भिडमा खटिने प्रहरीसँग न मास्क थियो न त पन्जा ।

प्रहरीले भने माइकिङ गर्दै निषेधित क्षेत्रबाट बारम्बार हट्न आग्रह गरिरह्यो । तर, चिनियाँ भने हट्नै चाहेनन् ।

प्रहरीको थप जनशक्ति आएपछि साढे ३ बजे मात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ‘उनीहरु आफ्नो देश जान चाहन्छन् । एक महिनादेखि चिनियाँ दूतावासमा धाउँदा पनि चासो नदिएपछि चीनको विरोध गर्न सिंहदरबारमा धर्ना दिन आएको देखिन्छ,’ काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले भने, ‘कसरी हुन्छ हल्ला गर्ने, नेपाल र चीन सरकारको ध्यान तान्ने र योजनाबद्ध प्रहरीलाई आक्रमण गर्ने नियत राखेर आएको हुन सक्छ ।’

निषेधित क्षेत्रमा हुलहुज्जत गर्ने ४७ जनालाई नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित प्रहरी क्लबमा राखिएको उनले बताए । तीमध्ये १६ जना महिला छन् । ‘हामी उनीहरुलाई छाड्न चाहन्छौं । तर, बुझ्ने कोही छैनन्,’ उनले भने ।

‘चिनियाँलाई स्वदेश फर्कन नेपालले रोकेको होइन’

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारी लकडाउन स्वदेशी, विदेशी सबैका हकमा लागू हुने बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसमेत रहेका बिडारी आफ्ना नागरिक फिर्ता लैजानु सम्बन्धित देशकै दायित्व भएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नो देशले लान्छ भने नेपालले रोक्दैन, तर हामी कुनै पनि विदेशीलाई छोड्न जाँदैनौं ।’

चिनियाँ नागरिक घर फर्कन पाउने वा नपाउने कुरामा नेपाल सरकारको कुनै दोष नभएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।

‘साँच्चै घर फर्कन खोजेका हुन् भने आफ्नो दुतावासमार्फत पहल गर्ने हो’ एक परराष्ट्रविद् भन्छन्, ‘मुलुकको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र अगाडि प्रदर्शन गर्नु लकडाउन मात्रै होइन कुटनीतिक मर्यादाको पनि उल्लंघन हो ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds