2024-04-18

Close

काठमाडौँ,२८बैशाख । तुलसीपुरमा क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।तुलसीपुर उपमहानगरपालिका–१३, फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइतीघरमा रहेकी यादव गाडी र पैदल यात्रा गर्दै बिहीबार घर आइपुगेकी थिइन् ।

भारतबाट आएको भनेर गाउँलेहरूले खबर गरेपछि सोही दिन उनलाई उपमहानगरको रक्षाचौरस्थित क्वारेन्टाइनमा राखिएको तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । उनको र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । न्यौपानेका अनुसार यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको हो ।

प्रादेशिक अस्पतालकी मेडिकल अधिकृत डा। लिजा पुरीका अनुसार यादवले १।८ र १।५ केजीका शिशुहरूलाई जन्म दिएकी छन् । दुवै शिशुको वजन कम भएकाले उनीहरूलाई तुलसी अस्पतालको एनआईसीयूमा राखिएको बालरोग विशेषज्ञ डा। किशोर खत्रीले बताए ।

सुत्केरी हुँदा यादवका श्रीमान् र परिवार कोही पनि सहयोग गर्न नआएपछि उपमहानगरले उनको हेरचाह र खर्चलगायत सबै जिम्मेवारी लिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यादवका यसअघि दुई छोरा र दुई छोरी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds