2024-04-26

Close

अप्पन जनकपुर डेस्क ,
जनकपुरधाम ७ जेष्ठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णयको विरोध गरेका छन् । नागरिकता ऐन संशोधन विधेयकविरुद्धमा आइतबार जनकपुरसहित प्रदेश नम्बर २ को विभिन्न स्थलमा विभिन्न पार्टी तथा संगठनले प्रदर्शन गरेका छन् ।


नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल, जनता समाजावदी पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा प्रदर्शन गरेका हुन् । नेकपाले नेपाली पुरुषसँग विवाह भएको ७ वर्षपछि बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागेको सो प्रस्ताव खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । त्यस्तै प्रदेश नम्बर २ को  वीरगञ्ज, राजविराज, जलेश्वर लगायत विभिन्न जिल्ला सदरमुकाममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतले विरोध प्रदर्शन गरेका छन् ।
पार्टीको नेता तथा कार्यकर्ताले जनकपुरमा नागरिकता विधेयकको प्रतिलिपी जलाएको छ ।आइतबार जनकचौकमा जम्मा हुदै जसपाको नेताकार्यकर्ताले सत्तारूढ नेकपाले गरेको नागरिकता विधेयक सम्बन्धि निर्णय प्रति बिरोध जनाउदै प्रतिलिपी जलाएको हो ।

विदेशी बुहारीलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बीचको बेटि रोटीको सम्बन्धमा आच आउने र मधेसीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माग गर्दै सरकार विरुद्ध नाराबाजी समेत गर्दै निर्णय नसच्चायाए मधेसमा ठुलो विद्रोह हुने चेतावनी दिएको हो ।


प्रदर्शनकारीले ७ वर्षपछि बुहारीलाई दिने अंगीकृत नागरिकताको कारण विवाहबारीलगायत नेपाल भारतबीच युगौंदेखि रहेको परम्परागत रोटीबेटीको सम्बन्ध र सांस्कृतिक सम्बन्धमा केन्द्रीय सरकारले प्रहार गरेको आरोप लगाएका छन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds