प्रमुख समाचार
विपिन कुमार यादव ,जनकपुर, ३ फागुन । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साह माथि जनकपुरमा कालो झण्डा देखाउंदै कालोमोसो दल्ने प्रयास भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई दुर्व्यबहार गरेपछि मन्त्री साह विवादमा तानिएका हुन्।
नेता झाले जनकपुरको कार्यक्रममा सहभागी भए कालोमोसो दल्ने चेतावनी दिएका थिए । यद्द्पी मन्त्री साह जनकपुरको एक निजि अस्पतालमा कार्यक्रम गर्न पुग्दा आक्रोशित बिद्यार्थी नेताहरुले कालोमोसो दल्न खोजेका थिए । कालो झण्डा देखाउंदै कालोमोसो दल्न खोजेपछी बिद्यार्थी र प्रहरी वीच झडप भएको छ ।
प्रहरीले उक्त घटनमा राजपाका बिद्यार्थी नेता रोशन मिश्रा, ईजाज अन्सारी, दिनेश यादव, रोशन साह, अशोक यादव, किरण मिश्रा, शिब यादव लाई पक्राउ गरेका छन ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । बिबाद पछि मन्त्री साह क्वाटर फर्केका छन ।
नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। यस विषयमा शनिबार पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए।
यसअघि पनि मन्त्री साहले पत्रकारलाई जुत्ताले हिर्काउने एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए। त्यसपछि एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो। एउटा कार्यक्रममा मेयरहरु पागल भनेर भनेका थिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि एकपटक अन्तरबार्तामा अपशब्द र अर्कोपटक छोरी सशक्तिकरणको विषयमा प्रतिक्रिया दिनेक्रममा अब छोरीले छोराको मुखमा एसीड खन्याउने भनेपछि व्यापक आलोचना हुँदै आएको छ।