2020-10-30

Close

विपिन कुमार यादव,जनकपुरधाम,१३ साउन । धनुषा निर्वाचन क्षेत्र नं.२ का सांसद उमाशंकर अरगरियाको संसदीय बजेट स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व.०७६/०७७ को योजना अनुसार मन्दिर निर्माणकार्यको लागि छुट्याइएको रकम १५ लाखको लागतमा कमला नगरपालिका वडा नं.८ को दक्षिणबारी टोल सोनापारामा सोनासति मन्दिर निर्माणकार्य सम्पन्न भै सोमबार बिधिवत एक कार्यक्रम गरि उक्त मन्दिरमा पुजा पाठ गरि सांसद अरगरियाले फित्ता काटेर मन्दिर लाई उद्घाटन गरिएको थिए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष राजेशवर मरिक , राम जीवन यादव ,पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल , विनोद रोहिता,सरोज कुमार मण्डल,महेन्द्र प्रसाद यादव ,दानी मण्डल ,लक्ष्मेशवर यादव ,हरि यादव ,काशी यादव ,राम प्रताप साह लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा सोनासती मन्दिर निर्माण उपभोक्ता समिति अध्यक्ष हरि प्रसाद यादव र स्थानीयहरुले माला लगाएर आगन्तुकहरु लाई स्वागत गरिएको थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर