2024-05-03

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले सडक अतिक्रमण गरी घर टहरा बनाएकाहरुको लागि बालेन शैली अपनाएका छन् ।

नगर प्रमुख बेचन दासले सडक विभागसँग सहकार्य गरी सार्वजनिक सडक अतिक्रमण गरी घर टहरा, पसल बनाएकाको जग्गामा डोजर चलाएका छन् । विदेह नगरपालिका क्षेत्रभित्र पर्ने सो सडकमा अतिक्रमण गरीएको जग्गा डोजर चलाएर खाली गराउन थालेका छन् ।

आईतबार तिनकौरियाचोकमा अतिक्रमित जग्गामा डोजर चलाएका हुन् । उनले विदेह नगरपालिकाको मुख्य बजार मानिने तिनकौरिया चोकमा अतिक्रमण गरी बनाईएको घर टहरा खाली गराएका हुन् । सोको लागि उनले यसअघि नै सार्वजनिक सूचना निकालेका थिए । सूचना अटेरी गरेपछि मेयर दासले डोजर लिएर आफैँ पुगेका थिए ।

बेलापट्टि, तिनकौरिया हुँदै महिनाथपुरसम्मको क्षेत्रमा अतिक्रमण पाईए घर टहरा भत्काउने मेयर दासलाई उदृत गर्दै वडा नं. १ का वडाध्यक्ष संजय पाण्डेले जानकारी दिए । डोजर लिएर पुगेपछि वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोईत (देवेन्द्र), वडा नं. ७ का वडाध्यक्ष राजकिशोर सिँह लगायत अन्य वडाका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds