2020-10-26

Close

अप्पन जनकपुर/ जनकपुरधाम : पेस्तोल बोकेर हिड्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगर २५ लोहनाका २१ वर्षीय अजय राज कास्यत र सोही ठाउँका २४ वर्षीय सुनिल कुमार मण्डल छन् ।

विशेष सुराकीको आधारमा जनकपुरधाम उपमहानगर ७ मुसहरी टोलबाट उनी दुबैजनालाई एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार दुबैजना चढेको प्रदेश २–००३०० प ७३७७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु पेस्तोल र गोली खरिद गरेर आउँदै थिए । तर कुन व्यक्तिबाट खरिद गरेको विषयमा केहि खुलाएको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर