2024-05-19

Close
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ ।

पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले उपेन्द्र यादवका कारण सिंगो पार्टी पंक्ति पीडित रहेको बताउनुभयो । लोकतान्त्रिक विधि विधान अनुसार पार्टी चल्नुपर्नेमा उपेन्द्र यादले आफ्नो छुट्टै कानुन बनाउने गरेको आरोप लगाउनुभयो । आफूहरू बस्न सक्ने स्थिति नभएर विभाजित भएको बताउनुभयो । साथै उहाँले अब उपेन्द्र यादवको प्राइभेट पसल अब बन्द हुने जिकिर गर्नुभयो ।

यस्तै उहाँले अहिलेको सत्ता गठबन्धन र सरकारलाई आफूहरूको समर्थन रहने बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds