2024-04-16

Close

बिरगंज,२४ बैशाख । वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पर्सामा दुई महिने शिशुमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । बुधबार संक्रमण पुष्टि भएका पर्साका १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । २ महिने शिशुमा संक्रमण देखिएको नेपालमा यो पहिलो घटना हो ।

संक्रमति १७ जनालाई नै अहिले नारायणी अस्पताल वीरगञ्जमा आइसोलेसनमा उपचारका लागि लगिँदै छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार शिशुकी आमालाई पनि कोरोना संक्रमण देखिएको छ । डा. सिंहका अनुसार सुत्केरी महिला र उनका शिशुलाई पनि कोरोना संक्रमण देखिएकाले नारायणी अस्पतालले आमा र शिशु गरी दुवै जनालाई एउटै आइसालेसनमा राख्ने गरी व्यवस्थापन गरिसकेको छ ।

‘आज पर्सामा दुई महिनाको शिशुलाई पनि कोरोना संक्रमण देखिएको छ, दुई महिनाको शिशुकी आमालाई पनि कोरोना संक्रमण देखिएको हो,’ डा सिंहले सञ्चरगृहसँग भने, ‘अहिले शिशुलाई आमासँगै राख्छौं, शिशुलाई पनि कोरोनाको कुनै लक्षण देखिएको छैन, तर पनि हामीले नारायणी अस्पतालमा बाल रोग विशेषज्ञको निगरानीमा आइसोलेसनमा राख्ने तयारी गरिसकेका छौं ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds